कास्कीका सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेको शक्तिशाली भुकम्पले पु¥याएको क्षतिको यथार्थ विवरण तयार गरी युवाको स्वयं सेवा मार्फत पूनर्निर्माण गर्न कास्कीमा चार वटा समिति गठन गरिएको छ । “विपद् व्यवस्थापनमा युवा, पुनस्र्थापनाका लागि स्वयंसेवा” भन्ने नारासहित गठित पुनर्निर्माण युवा समन्वय उपसमितिको आयोजना तथा जिल्ला शिक्षा कार्यालय कास्कीको समन्वयमा आइतबार भएको छलफलमा क्षेत्रगत रुपमा चार वटा समिति निर्माण गरिएको हो ।कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीका अनुसार जिल्ला प्राविधिक कार्यालयक कास्कीका २ जना र जिल्ला शिक्षा कार्यालय कास्कीका २ जना ओभरसियरको नेतृत्वमा गठन गरिएको समितिमा क्लव, निर्माण व्यवसायी र युवा रेडक्रस सर्कलका एक÷एक जना सदस्य रहेका छन् । क्षेत्र नम्बर एकमा चिरञ्जिवी भट्टराईको संयोजकत्वमा गठित समितिमा सहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, निर्माण व्यवसायी संघका रामहरी ढुङ्गाना र युवा रेडक्रस सर्कलका राजन ढुङ्गाना सदस्य रहेका छन् । क्षेत्र नम्बर दुईमा गठित समितिको संयोजकमा कोषराज पौडल र सदस्यमा ड्यामसाईड क्लवका अध्यक्ष पदम ढकाल, निर्माण व्यवसायी संघका हिरा पोख्रेल र युवा रेडक्रस सर्कलका एलपी ढुङ्गाना रहेका छन् ।
क्षेत्र नम्बर तीनको समितिको संयोजकमा केदार लामिछाने र सदस्यमा सिद्धार्थ क्लवका अध्यक्ष दीपेन्द्र मर्सानी, निर्माण व्यवसायी संघका अनिषा क्षेत्री र युवा रेडक्रस सर्कल कास्कीका अध्यक्ष डिल्लीराम बराल रहेका छन् । क्षेत्र नम्बर चार प्रदीप बानियाँको संयोकत्वमा गठित समितिको सदस्यमा मेरो नेपाल युवा क्लवका अध्यक्ष हरी जिसी, निर्माण व्यवसायी संघका मित्रमणि तिमिल्सेना र युवा रेडक्रस सर्कलका क्षिजित सापकोटा रहेका छन् ।
कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले चार वटै समितिलाइ दुई दिन भित्र विद्यालयमा भएको क्षतिको यथार्थ प्राविधिक विवरण र क्षति पुगको भौतिक संरचनालाई पूर्ननिर्माण कसरी गर्न सकिन्छ सुझवसहितको प्रतिवदेन दिन निर्देशन दिए । युवा समन्वय उप–समितिका संयोजक दीपेन्द्र श्रेष्ठले माग्ने प्रबृत्तिलाई हटाई हामी आफै केही गर्न सक्छौं भन्ने संस्कृति निर्माण गर्न स्वयमसेवा अभियान सुरु गरेको बताए । आइतबार भएको छलफलमा क्षति पुगेका विद्यालयका प्राधानाध्यापकहरुले विद्यालयको छत खसेको, छाना भत्केको, भित्ता चिरा परेको, फर्निचर विग्रेको, कम्यूटर ल्यावमै क्षति पुगेकाले पठन पाठन गर्न कठिनाई भएको बताएका थिए ।कास्कीमा ६१ विद्यालयमा क्षति पुगेको र क्षतिको विवरण आउने क्रम जारी रहेको जिल्ला शिक्षा कार्यालय जानकारी दिएृको छ ।
विपद्मा परेकालाई सहयोग गर्न गठित विपद् व्यवस्थापनका लागि नागरिक सहयोग समिति अन्र्तगत विभिन्न उपसमिति गठन गरिएको छ ।भुकम्पबाट क्षति पुगेका भौतिक संरचनालाई कसरी पूर्ननिर्माण गर्न सकिन्छ भन्ने बारेमा उपसमितिले ५० भन्दा बढि संघ संस्था गरेको छलफलमा युवाहरुले भोलेन्टियर्स सेवा गर्ने प्रतिवद्धता जनाएपछि प्राविधिक टिम गठन गरिएको हो । नागरिक सहयोग समितिका संयोजक विष्णुबहादुर भट्टराईले प्राविधिक प्रतिवदेन आएपछि पूनर्निर्माणलाई तीव्रता दिईने बताए ।

Post a Comment