नेपालमा हालै आएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या ७ हजार २५० पुगेको छ । ७ हजार १ सय २० जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षेत्र सिन्धुपाल्चोकमा भएको छ । सिन्धुपाल्चोकमा २ हजार ८२९ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार १८५, भक्तपुरमा २७७ र ललितपुरमा १७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ विदेशी नागरिक छन् । ५१ जना घाइते छन् । १०९ जना विदेशी नागरिक अझै बेपत्ता रहेको अनुमान छ । भूकम्पमा परेर १४ हजार २६७ जना घाइते भएका छन् । ति घाइतेहरुको काठमाडौं उपत्यका सहित विभिन्न अस्पताल र अस्थायी स्वास्थ्य शिविरहरुमा उपचार भैरहेको छ । भग्नावशेषमा पुरि एकाहरुको खोजी जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ । भूकम्पमा पुरिएर नेपाली सेनाका ९, नेपाल प्रहरीका ४ र सशस्त्र प्रहरीका १ जनाको मृत्यु भएको छ । निजामती कर्मचारीतर्फ ४ जनाको ज्यान गुमेको छ । हालसम्म मृत्यु भएकामध्ये ६ हजार ९२२ जनाको शव आफन्तलाई बुझाइएको छ । प्रहरीले हराएका तथा खोजीमा रहेका व्यक्तिका आफन्तले पहिचानका लागि नजिकका अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन आग्रहसमेत गरेको छ । उद्धार, राहत र खोज कार्यमा नेपाली सेना, निजी र भारतीयसमेत गरी २७ वटा हेलिकोप्टर प्रयोगमा ल्याइएको बताइएको छ । भूकम्पपीडित क्षेत्रबाट टड्कारोरुपमा माग भएको पाल र त्रिपाल गरेर हालसम्म एक लाख ५५ हजार थान प्रभावित जिल्लामा वितरण भइसकेको छ । प्रभावित क्षेत्रमा भएको घरको क्षतिलाई विश्लेषण गर्दा चार लाखको हाराहारीमा पालको आवश्यकता पर्ने मन्त्रालयको भनाइ छ । भोलिसम्ममा थप एक लाख पाल प्राप्त हुने मन्त्रालयले विश्वास गरेको छ । प्रभावित जिल्लामा नौ हजार ७४९ क्विन्टल चामल पु¥याइसकिएको जनाइएको छ । भूकम्पमा परेर निधन भएका व्यक्तिको किरिया खर्चबापत परिवारलाई उपलब्ध गराउने रु ४० हजार र प्रतिमृतक बापत राज्यले प्रदान गर्ने निर्णय भएअनुसारको एकलाख समेत राहतका लागि हालसम्म रु एक अर्ब ३५ करोड ६७ लाख सरकारले निकासा दिइसकेको छ । यसैबीच सरकारले भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण हुनुपर्ने बताउँदै आइरहेका बेला प्रमुख तीन राजनीतिक दलले भने सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा सहमति गरेका छन् । विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यस सम्बन्धमा छलफल गर्न आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरूको बैठकले उक्त सहमति गरेको हो । बैठकले राहत सामग्री नदोहोरिने गरी भूकम्प प्रभावित क्षेत्रमा आवश्यकताअनुसार इच्छुक सबैले राहत सामग्री वितरण गर्न दिनुपर्नेमा सहमति गरेको पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताए । एकद्वार प्रणालीबाट मात्र राहत सामग्री वितरण गर्दा ढिलासुस्ती हुने भएकाले आवश्यकताअनुसार सरकारको समन्वयमा इच्छुक सबैले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नसक्ने नेता देउवाको भनाइ थियो । राहत सामग्री वितरणलाई कसरी प्रभावकारी बनाउने र व्यवस्थापिका(संसद्को यही वैशाख २४ गते बस्ने आगामी बैठकलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सकारात्मक छलफल भएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कार्यलाई सरकारले प्रभावकारी रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताए । राहत वितरणमा ढिलाइ किन भन्ने जिज्ञासामा उपाध्यक्ष भण्डारीले एक्कासि अकल्पनीय घटना घटेका कारण र भौगोलिक जटिलताले भूकम्प प्रभावित केही दुर्गम क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भए पनि विस्तारै सामान्य हँुदै गएको जानकारी दिए । यता, एकीकृत नेकपा(माओवादी)ले भूकम्पबाट घाइते भएकाहरुको प्रभावकारी उपचार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारी अस्पतालमा साधन(स्रोत भएपनि घाइतेलाई न्यूनतम सुविधा नदिइएको तथा औषधिको चरम अभाव रहेको पाइएकाले तत्काल आवश्यक साधन र स्रोतको व्यवस्था गर्न आग्रह गरेको छ । एमाओवादी सचिव गिरीराजमणि पोखरेल, स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत, पोलिट्ब्यूरोद्वय सदस्य शशी श्रेष्ठ, डिआर पौडेल, नेता धर्मशीला चापागाईंसहितको टोलीले राजधानीका विभिन्न अस्पतालको अनुगमनपछि घाइतेको उपचारमा ख्याल नगरिएको जनाएको छ । एमाओवादी नेताले सिभिल, वीर, पाटन, भक्तपुर र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
Home
»
Flash
»
घटना दुर्घटना
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
» भुकम्पमा परि मर्नेको संख्या बढ्दै
Subscribe to:
Post Comments (Atom)
Post a Comment