0
मंगलवार दिँउसो आएको भुकम्पले कास्कीको पार्चे गा।वि।सस्थित खिलाङ गाउँमा ४ घरलाई क्षति पु¥याएको छ । मानवीय क्षति भने भएको छैन् । ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पले पार्चे वडा नम्वर १ खिलाङमा खुमाया गुरुङको घरलाई पूर्ण क्षति पु¥याएको छ । गत वैशाख १२ गते गएको भुकम्पले आँशिक क्षति पु¥याएको गुरुङको घरलाई मंगलवार गएको भुकम्पले पूर्ण क्षति पु¥याएको हो । घरधनी खुमाया गुरुङ र दुई छोरीहरु बारीमा काम गर्दै गरेको अवस्थामा भुकम्पले आएको हुनाले घर पूर्ण रुपले क्षति भएपनि मानवीय क्षति भने नभएको खिलाङबाट टिकाराम गुरुङले जानकारी दिए ।यसैगरी पार्चे वडा नम्वर २ खिलाङ मन वहादुर गुरुङ, वडा नम्वर २ का विल वहादुर विक र वडा नम्वर २ कै माया विकको घरलाई समेत पूर्ण रुपले क्षति पु¥याएको पार्चे गाविस सचिव इन्द« कुमारी जिसिले जानकारी दिए ।उनका अनुसार मन वहादुर गुरुङको घरलाई गत बैशाख १२ गते आएको भुकम्पले क्षति पु¥याएता पनि गाउँलेहरुले पुनर्निर्माण गरेलगत्तै मंगलवार आएको भुकम्पले क्षति पु¥याएको हो भने विल वहादुर विक र माया विकको घरलाई भने मंगलवारको भुकम्पले क्षति पु¥याएको हो ।यसैवीच जिल्ला विकास समितिको समन्वयमा पोखरा इन्जिनियर कलेजका विद्यार्थीहरु, जिविस प्रतिनिधि र गा।वि।स सचिव सहितको टोलि पार्चे गाविसमा भुकम्पबाट भएको क्षति विवरण र घरहरुको संरचनाबारे जानकारी लिन पार्चे गा।वि।सको खिलाङ, पार्चे र सिक्लेस गाउँमा गएको छ । टोलिले पार्चे गावि।समा क्षति भएका घरहरुको बारे विस्तृत जानकारी लिई बस्ने मिल्ने र नमिल्ने घरहरुको मूल्याङ्कन गरिने भएको छ ।

Post a Comment

 
Top