हङकङमा बस्दै आएका नेपाली युवाहरुको एक समूहले नेपालका भूकम्प पीडितका लागि बास्केटबल खेलेर झण्डै साडे पाँच लाख रुपैयाँ जम्मा गरेका छन् । हुप्स फर होप्स फन्डराइजर बास्केटवल टुर्नामेन्ट नाम दिएर हालै आयोजना गरिएको प्रतियोगितामा कूल आठ टिमले भाग लिएको र यिनै सहभागी टिमबाट उक्त रकम जम्मा गरिएको आयोजक एचके नेपाल बास्केटबल एसोसिएशनले जानकारी दिएको छ । यो संस्थाले हेन्डस फर नेपालसँग आबद्धता राख्दछ । जम्मा भएको रकम अक्सफाम हङकङ र चाइल्ड वेलफेयर स्किम मार्फत पीडित सम्म पुर्याउने कार्यक्रम रहेको आयोजक मध्येका एक हिरन राईले जानकारी दिए । किङ जर्जस मेमोरियल पार्क जोर्डन हङकङमा आयोजना गरिएको प्रतियोगितामा आयोजक सहित नेप्ज डेभिल्स, बुलेट्स, युयेन लङ वारियर्स, सोल्टी, घान्द्रुक समाज, पुन समाज र लेभल्सले भाग लिएका थिए । प्रतियोगिता बुलेट्सले जितेको थियो भने नेप्ज डेभिल्स उपविजेता भयो । केन्द्र राना, हिरन राई, रोहित लामा, मोहन लिम्बु, ध्रुब लामा गुरुङ, रञ्जित गुरुङ, हर्क लिम्बु र सेवीन घलेको पहलमा प्रतियोगिता भएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment