सरकारले मंगलबारको भूकम्पले थप क्षति भएकाले उद्धार र राहतको काममा अझै सक्रिय हुने सम्पूर्ण संयन्त्रलाई निर्देशन दिएको छ । महाभुकम्प पछिको उद्धार र राहतको काम चलिरहेका बेला मंगलबार अर्को ठूलो धक्का आएको थियो । यो धक्काले थप मानवीय र भौतिक क्षति पु¥याएको छ । मंगलबार भुकम्प आएलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानले तथा गृहमन्त्री बामदेव गौतमले पत्रकार सम्मेलन गरी विपत्तिको मिलेर सामाना गर्न पुनस् आग्रह गरे । प्रधानमन्त्री कोइारलाले यो ठूलो विपत्ति भएकाले यसलाई सबैले धैर्यताका साथ समाना गर्नुपर्ने बताए । उनले पीडितहरुको राहत र उद्धारका लागि सरकारले कुने कसर बाँकी नराख्ने उल्लेख गरे । राहत र उद्धारमा सबै संयन्त्रहरु खटिइनै रहेको प्रधानमन्त्रीको भनाई थियो ।‘सरकारले भूकम्प पीडितलाई खाद्यन्न, पाल, जस्ता पाताजस्ता राहत सामग्री पु¥याइरहेको छ । सुरक्षा निकायका सबै अंगहरु एकताबद्धरुपमा यस कार्यमा जुटिरहेका छन् । राष्ट्रसेवककर्मचारी ,राजनीतिकदलका नेता तथा कार्यकर्ता विभिन्न पेशाकर्मीहरुपनिसक्रियछन्,प्रधानमन्त्रीकोइरालालेभने,‘भूकम्पबाट थप प्रभावित हुनपुगेको क्षेत्रमा सरकारले साधन–स्रोत शक्तिप्रयोग गरेर खोजी,उद्धार, तथा राहतका कार्यलाई तीव्रता दिनेछ । यस कार्यमा सहयोग गर्न सबैमा अपिल गर्दछु ।’ प्रधानमन्त्री कोइरालाले भूकम्पको पराकम्पन मात्र भएकोले बाटो अबरुद्ध नगर्न, हल्लाको पछाडी नलाग्न, घाइते र बिरामीलाई अस्पताल पु¥याउने एवं खोजीतथा उद्धारमा खटिएको सुरक्षा टोलीलाई सघाउनु सबैमा अपिल गरेका छन् । पत्रकार सम्मेलनमा गृहमन्त्री गौतमले भने भूकम्पको प्रारम्भिक क्षतिको विवरण पेश गरेका थिए । उनले दोलखा र सिधुपाल्चोकमा बढी क्षति भएको आंकडा सार्वजनिक गरे । मंगलबारको धक्काका कारण मृतक र घाइतेको संख्या बढ्न सक्ने गौतमले उल्लेख गरे । उनले सर्वसाधारणलाई सचेत भएर बस्न आह्वान गरे । मंगलबारको धक्काले थप त्रासको वातावरण पैदा भए पनि भुगर्भविद्हरुका अनुसार यस्ता पराकम्पन आइरहेने भन्दै गौतमले सर्वसाधारणहरुलाई नआत्तिन अनुरोध गरे । इन्जिनियरहरुले बस्ने नमिल्ने भनेकामा नबस्न र अन्य घरमा पनि सावधानी अपनाउने गौतमले आग्रह गरे । सरकारले यसअघि पनि प्रभावित घरहरुमा नबस्ने आग्रह गरेको थियो । त्यसका लागि घरको प्राविधिक अध्ययन गर्न सरकारले इन्जिनियरहरुको टोली पनि परिचालन गरिसकेको छ ।मन्त्रिपरिषद् बैठकमा थप हुन सक्ने क्षति र सर्तकताका बारेमा समीक्षा भएको थियो । उद्धार र राहतका सामग्रीहरुको थप व्यवस्था मिलाउनुपर्ने लगायतबारे छलफल भएको थियो । सुरक्षा निकायलाई थप संक्रिय र सबै निकायले गरेको कामको अनुगमनमा विशेष ध्यान दिने निर्णय भएको मन्त्री पुरुषोत्तम पौडेलले जनाए । यसअघिकै टोलीहरु फिल्डमा कार्यरत रहेकाले मंगलबार तत्काल उद्धार र राहतको काम अघि बढेको पौडेलले बताए । महाभुकम्पका बेला सरकारी निकायहरुको तत्काल समन्वय नहँुदा समस्या भएको थियो ।
Home
»
Flash
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
»
राजनीति
» सबै संयन्त्रलाई सक्रिय हुन सरकारको निर्देशन
Subscribe to:
Post Comments (Atom)
Post a Comment