0
नेपाल प्रेस युनियन गण्डकीका सचिव तथा नेपाल समाचारपत्र दैनिकका पोखरा प्रमुख टंक अधिकारी सडक दुर्घटनामा परि घाइते भएका छन् । वैशाख १२ को भुकम्पपछि पीडितहरुलाई  आफू संलग्न रहेको संस्था लायन्स क्लव अफ पोखरा पिस सिटीकोतर्फ बाट राहत सामाग्री संकलन र रक्तदान जस्ता कार्यक्रममा सक्रिय भइरहेकै बेला गोर्खाको बक्राङ्गमा रहेका भुकम्प पीडित आफन्तलाई भेट्न र केही सहयोग गर्न जाँदै गर्दा उनी तनहुँको आबु खैरेनी नजिक उनी दुर्घटनामा परेका हुन् । मोटरसाइकल दुर्घटनामा परेका अधिकारीको देव्रे हात भाँचिएको छ । उनको गोरखा पोलिक्लिनिकमा प्रारम्भिक उपचार पछि पोखरामा थप उपचार गरिएको छ । भाँचिएको ठाउँमा डक्टरको सल्लाह बमोजिम रड राखिएको र केही हप्ता घरमै आराम गर्नुपर्ने अवस्था रहेको अधिकारीले गोल्डेन न्यूज दैनिकलाई बताए । सोही दुर्घटनामा परि अधिकारीकी धर्मपत्नी गीता अधिकारीलाई समेत चोट लागेको छ ।

Post a Comment

 
Top