पोखराको माटेपानीमा रहेको याङ्जाकोट तमू समाजका अध्यक्ष क्या.दलबहादुर गुरुङको हृदयघातका कारण सोमबार निधन भएको छ । थुमाको डाँडा गा.वि.स. वडा नं. ३ याङ्जकोट देउराली स्थाई घर भएका गुरुङ हाल पोखरा १२ मा बसोबास गर्दै आउनु भएको थियो । ७१ वर्षीय गुरुङले ९ वर्षसम्म निरन्तररुपमा याङ्जाकोट तमू समाजको नेतृत्व गरे । वि.सं. २०५५ सालमा स्व.क्या.मिनबहादुर गुरुङ (डाँफे बाजे) सँगको सहकार्यमा उनले “याङ्जाकोट चिनारी” नामक गुरुङ भाषाको वृत्तचित्र निर्माण गरेका थिए । सामाजिक कार्यमा अत्यन्तै सक्रिय स्व.गुरुङले याङ्जाकोट गाउँको वृहत्तर विकासका लागि योगदान रहेको छ । उनकै नेतृत्वमा अहिले याङ्जाकोट गाउँमा १५ कोठे आधुनिक पक्की स्वास्थ्य चौकीको निर्माण कार्य अन्तिम चरणमा पुगको छ भने १० जोड २ को व्यवस्थित पठनपाठन गाउँमै सञ्चालन गर्न उनले अथक मेहेनत गरेका छन् । हाल याङ्जाकोटमा उनकै पहलमा कक्षा १२ सम्मको पढाई शुरु भएको छ भने विद्यलयको पक्की भवन निर्माण लागि भारतीय राजदुताबास बाट उनकै पहलमा भवन निर्माणको प्रक्रिय अगाडि बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment