गत शनिबार आएको प्रलयकारी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि केन्द्रीय रक्तसञ्चार केन्द्रमा दुई हजारभन्दा बढी पिन्ट रगत भण्डारण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । सोसाइटीका जनसम्पर्क अधिकृत दिव्य पौडेलले रगत अभाव हुन नदिन स्वयम्सेवी रक्तदाताले रगत दान दिइरहेको र आवश्यक परेका समयमा स्वयम्सेवी तयार अवस्थामा रहेको जानकारी दिनुभयो । सोसाइटीले हालसम्म भूकम्प प्रभावित क्षेत्रमा २० हजारभन्दा बढीलाई तत्काल प्राथमिक उपचार सेवा दिइसकेको तथा २० हजार त्रिपाल, दुई हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री र १० हजार कम्बल वितरण भइसकेको जनाएको छ । सरसफाइका कार्यक्रमअन्तर्गत साबुन पानीबाट हात धुवाइ, पानी शुद्धीकरण चक्की र जीवनजल वितरण तथा अस्थायी शौचालयको निर्माण भइरहेको सोसाइटीले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका जिल्ला शाखालाई राहत सामग्री पठाउने क्रम जारी रहेको तथा थप दुई लाख ३३ हजार परिवारका लागि गैरखाद्य सामग्री र अन्य सेवाको माग रहेको जनसम्पर्क अधिकृत पौडेलले जानकारी दिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
स्वास्थ्य-जीवनशैली
» पर्याप्तमात्रामा रगत रहेको रेडक्रसद्वारा जानकारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment