0
नेकपा एमाले क्षेत्र नं ३ क्षेत्रीय कमिटी कास्कीद्वारा आयोजित भुकम्प पीडितहरुलई राहत वितरण र पिडितको तथ्याङ्क संकलन वारे भेलाले महाभुकम्पको कारण क्षति भएकाहरुको तथ्य संकलन राहत विवरणमा राजनीतिक संयन्त्र थप सकृय हुनुपर्ने निश्कर्ष निकालेको छ । आज भएको भेलामा नेकपा एमालेका पोलिटव्युरो वैकल्पिक सदस्य तथा सभासद तुलवहालदुर गुरुङ्ग, संविधानसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य रविन्द्र अधिकारीले राज्य वा संघसंस्थाले गर्ने राहतलाई बढि क्षति भएका पीडित समक्ष राहत पु¥याउने पक्षमा राजनीतिक दल, कार्यकर्ता एवं समाज सेवीहरु लाग्नुपर्ने बताए । उनीहरुले पहिलो चरण मानवीय उद्धार र दोस्रो चरण क्षतिको सहि तथ्याङ्क लिएको बताउँदै क्षति भएको भवन बस्न लायक छ छैन इन्जिनियरिङ्ग क्षेत्रवाट पहिचान हुनुपर्नेमा जोड दिएका थिए । भेलाले राहत संकलनमा क्षेत्रीय कमिटी र मातहत कमिटीले तीव्रता दिनुपर्ने निश्कर्ष निकाल्दै स्थानीय राजनीतिक संयन्त्र थप सकृय हुनुपर्नेमा निश्कर्ष निकालेको हो । भेलामा नेकपा जिल्ला कमिटी उपसचिव प्रभा कोईराला, सचिवालय सदस्यहरु युवराज पौडेल, तेजनारायण अधिकारी, मदनकाजी श्रेष्ठ, आरपी शर्मा जिल्ला कमिटी सदस्य भेषराज बराल लगायतले राहत वितरणमा अपनाउनुपर्ने नीतिका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।  सभासद रविन्द्र अधिकारी, क्षेत्र न ३ का संयोजक युवराज पौडल, क्षेत्र नं ३ अध्यक्ष धनवहादुर नेपाली र भरतपोखरी, निर्मलपोखरी,कृस्ति वडाका अध्यक्षहरु सहितको टोलीले वैशाख २०, २१ र २२ गते सो क्षेत्रमा क्षति भएका घरहरुको विवरण तयार पार्ने काम गरिरहेको छ । यसैबीच सभासद सिता गिरी ओली क्षेत्र न.ं चारका विभिन्न गाउँमा भुकम्पले पारेको क्षतिको अनुगमनमा निस्केकी छन् । कास्कीका उत्तरी गाविसहरु घाचोक लाहाचोक रिभान कास्कीकोट सराङकोट पुम्दीभुम्दी चापाकोट लगायतका ठाउँमा अवोलोकन गरेकी छन् ।  भुकम्पले लाहाचोक र रिभानका गाउँमा गाउँलेहरु बस्नै नसक्क्ने गरी घर भत्किएको गिरीले बताइन् । धेरै गाविसका घर हरु चर्केका र कति बेला भत्कने हो भनेर स्थानीयवासीहरु आत्तिएको र आफूले गाविस सचिवहरुलाई सवै जे जस्ता अवस्थामा छन् पूर्ण क्षति भएका घरहरुलाई पूर्ण आंशिक र सामान्य चर्केको भनेर विभाजन गरेर रेकर्ड राख्न गाविस सचिव राजनीतिक दलका प्रतिनिधिहरुलाई अनुरोध समेत गरेको उनले बताइन । aयता, एकीकृत ने.क.पा. (माओवादी) कास्कीले भूकम्पबाट भएको धनजनको क्षतिको जिल्लाव्यापी स्थलगत निरीक्षण गर्ने योजना अनुसार बुधबार कृस्तीका विभिन्न वस्तीको स्थलगत निरीक्षण गरेको छ । बधुबार एमाओवादी कास्कीका नेता रामजी बराल, जिल्ला समिति सदस्य मनहरि तिमिल्सिना, पूर्व जिल्ला समिति सदस्य श्रीराम सुवेदी लगायतको टोलीले कृस्तीका विभिन्न टोलहरुमा भएको क्षतिको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा टोलीले क्षतिग्रस्त घरहरुमा पुगेर अभिलेख समेत संकलन गरेको छ । टोलीले क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै सरकारद्वारा वितरण गर्ने भनिएको राहतको अवस्थाबारे समेत पीडितहरुसँग जानकारी लिएको छ । सो अवसरमा पीडितहरुले राज्य र दलहरुले विपत्तिको बेला आफूहरुलाई सहयोग गर्नुपर्नेमा सहयोग नपाएको गुनासो गरेका थिए । निरीक्षणका क्रममा एमाओवादी कास्कीका नेता बरालले विपत्तिमा सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताए । बरालले भने,–विपत्तिमा कुन पार्टी र आस्था भनेर भेदभाव गर्नु हुँदैन, सबैप्रति समान आँखाले हेरेर वास्तविक पीडितहरुलाई राहत र न्याय दिनुपर्छ ।’ बरालले कसैप्रति भेदभाव नहोस् भनेर आफूहरुले राज्यका विभिन्न निकायमा पहल गरिरहेको समेत बताए । टोलीले कृस्तीका क्षतिग्रस्त करिब ४० भन्दा बढी घरहरुको निरीक्षण र क्षतिको विवरण संकलन गरेको छ । खासै ठूलो मानवीय क्षति नभए पनि निरीक्षणका क्रममा सयौं घरहरु बस्नै नमिल्ने गरी भत्किएको र अझ सयौं घरहरु वर्षायाम भत्कने जोखिममा रहेको टोलीले जनाएको छ ।

Post a Comment

 
Top