गोल्डेन न्यूज संवाददाता
पोखरा २५ वैशाख ।
नयाँ शैक्षिक सत्र २०७२ को शुरुवातसँगै साइनिङ स्टार आ.मा.वि. बैदाम ६ पोखरामा नयाँ विद्यार्थी र शिक्षकहरुको लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्र.अ.नारायण प्रसाद पाण्डेको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रम विद्यालय प्राङ्गणमा संचालन गरिएको थियो । नयाँ विद्यार्थी तथा शिक्षकहरुलाई स्वागत गर्ने क्रममा विद्यालयका अंग्रेजी विभागका विभागीय प्रमुख बीर बहादुर क्षेत्री र कक्षा दशकी छात्रा सीमा आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कक्षा सातकी छात्रा कविता खड्काले विद्यालयमा आउनुभउका सम्पूर्ण नवआगन्तुक शिक्षक र विद्यार्थीहरुलाई स्वागत र शुभकामनाको भावले भरिएको कविता वाचन गरेका थिए । विभिन्न आकर्षक नृत्य, गीत तथा विद्यार्थीका विविध प्रस्तुतिहरुका साथमा उक्त कार्यक्रमको उद्घोषण तथा संयोजन विद्यालयका शिक्षक कृष्ण गिरीले गरेका थिए ।

Post a Comment