पत्रकार सुमन भोम्जनको स्मृतिमा उनी संस्थापक अध्यक्ष रहेको नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाले सुमन स्मृति खेल पत्रकारिता पुरस्कार स्थापना गरेको छ । शाखाका कार्यबाहक अध्यक्ष राजन दाहाल ‘रसिक’ को अध्यक्षतामा शुक्रबार हेटौंडामा भएको बैठकले भोम्जनको स्मृतिमा मञ्चको आयोजनामा हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गर्ने गरी पाँचहजार रुपियाँ नगद राशिको पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको मञ्च सचिव सविन न्यौपानेले जानकारी दिए । भोम्जन कार्यरत् गोरखापत्र संस्थानले उनको नाममा एकलाखको अक्षय कोष स्थापना गरी पुरस्कार स्थापना गर्ने भएको छ । मकवानपुर शाखाले पहिलो पटक शनिबार हेटौंडामा आयोजना गर्ने निर्णय गरेको एचएसएमस्पोर्टस् अवार्ड उनको निधनपछि असार ५ गते शनिबारका लागि सारिएको मञ्च सदस्य सुवास विडारीले जानकारी दिए । बैठकले भोम्जनको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । हेटौंडा–१० का स्थायी बासिन्दा करिब ३० वर्षीय भोम्जनको शब काठमाडौं महाबौद्ध स्थित डेरामा बसेको घरबाट १९ गते फेला परेको थियो ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» सुमन स्मृति खेल पत्रकारिता पुरस्कार स्थापना
Subscribe to:
Post Comments (Atom)
Post a Comment