कास्की जिल्लाकै पुरानो सामुदायिक विद्यालय संस्कृत मा.वि भिमकालीपाटन पोखराले १ सय १५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र रवण परापुलीको अध्यक्षता र कास्की जिल्लाका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीको प्रमुख आतिथ्यमा स्वस्ति वाचनबाट सुरु गरिएको कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धित पुरस्कारहरु तथा विभिन्न छात्रवृत्तिहरु वितरण गरीएको थियो । प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदिले सबै पक्षको योजनाबद्ध प्रयासबाट मात्र शैक्षिक गुणस्तर कायम गर्न सकिने बताउँदै युग अनुसारको शिक्षा दिने काम सामुदायिक विद्यालयले गर्नुपर्ने कुरामा जोड दिए । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत राखेको कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक कृण्ण प्रसाद देवकोटाले स्वागत मन्तव्य, प्रधानाध्यापक दामोदर वास्तोलाले विद्यालय प्रतिवेदन, विद्यार्थी लक्ष्मी श्रेण्ठले अंग्रेजी भाषमा र शम्भु सुन्धौलिले संस्कृत भाषमा मन्तव्य राखेका थिए भने टुँडिखेल स्रोत केन्द्रका स्रोत व्यक्ति भिमराज शर्मा, विन्दुवासिनि संस्कृत क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. भोलानारायण रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य चत्रपाणि सुवेदी, निवर्तमान सदस्य तिलक कोईराला, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द नेपाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चत्रपाणि सुवेदी, तेजनाथ घिमिरे, मोतिमान शाक्य, योगदा सत्संग ध्यान मण्डलिका अध्यक्ष तारानाथ पौडेल, छात्रवृत्ति संस्थापक जवाहरलाल श्रेष्ठ लगायतका वक्ताहरुले मनतव्य राखेको कार्यक्रमको संचालन शिक्षक कलादेवी बराल ले गरेकी थिईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिबाट उल्लेखनीय योगदान गर्ने सदस्यहरु रुद्र प्रसाद सुवेदी र अरुणा श्रेष्ठलाई सम्मान गरिएको थियो भने झण्डै ३८ वर्ष भन्दा बढि सेवागर्ने हालै अवकास प्राप्त शिक्षक गोविन्द बहादुर गुरुङ्ग र आगामि कार्तिकमा सेवा निवृत हुन लागेकि शिक्षक राभादेवि पराजुलि काफ्ले लाई दीर्घ सेवा सम्मान गरिएको थियो , विं.संं.१९५८ बैशाख अक्षत्रितियाका दिन स्थापित भाषापाठशाला प्रधान पाठशाला हुँदै २०२८ को राष्ट्रिय शिक्षपद्धतिको योजना लागू भए पश्चात संस्कृत माध्यामिक विद्यालयको रुपमा रुपान्तरण भएको कुरा विद्यालयका शिक्षक श्रीकान्त सापकोटाले बताए । अन्य विषय अलवा कक्ष ५ देखि कक्ष १० सम्म संस्कृत व्याकरण र संस्कृत भाषा गरी २०० पूर्णाङ्कको संस्कृत विषयाको अध्यापन हुने विद्यालयमा हाल १५० छात्र, छात्राहरु अध्ययनरत छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment