0
एमाले पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्रीबाट बर्खास्त गर्ने तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार गौतमलाई बर्खास्त गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना विश्वासपात्रहरुसँग दुई–तीन चरणमा गम्भीरतापूर्वक छलफल चलाइसकेका छन् । सरकार गठन भएयता बामदेवको कार्यशैलीलाई लिएर समग्र पार्टीपंक्ति मात्र होइन अध्यक्ष ओली स्वयम् असन्तुष्ट छन् । आफूलाई संसदीय दलको नेता बनाउन भूमिका खेलेबापत त्यसको गुन तिर्न ओलीले गौतमलाई पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने अवसर जुराइदिएका थिए । पार्टी्भित्र अध्यक्ष ओलीकै गुटका नेताका रुपमा चिनिने गौतमलाई बर्खास्त गर्नुपर्ने लविङ अहिले ओली गुटबाटै चर्कोरुपमा भएको स्रोतले बताएको काठमाण्डु टुडेले जनाएको छ । त्यसो त बामदेवलाई उपप्रधान तथा गृहमन्त्री बनाउन ओलीले काँग्रेससँग कम्ती पैठाजोरी खेल्नु परेको थिएन । कांग्रेसले ‘अरु मान्छौं, तर बामदेवलाई मान्दैनौं’ भनेकै कारण वर्तमान सरकार विस्तारमा झण्डै एक महिना लागेको थियो । बामदेवलाई उपप्रधान तथा गृहमन्त्री बनाउने कुरा पार्टीकै लागि प्रतिष्ठाको विषय बनाईएपनि अहिले उनको कार्यसम्पादन शून्य भएकाले पार्टीभित्र असन्तुष्टि बढेको बताइन्छ । सरकारको १ सय दिनको अवधिलाई हनिमून अवधि मानिने भएकाले, त्यो समयमा आलोचना गर्ने कुरा राम्रो भएन । तर, सय दिने अवधि पार भएदेखि नै गौतमको कार्यशैली र कार्यशैलीबारे ओलीले असन्तुष्टि जनाउन थालेका थिए । पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुबीच साप्ताहिक रुपमा बैठक राख्ने, मन्त्रीहरुबीच समन्वय गर्ने, खास एजेण्डामामन्त्रिपरिषद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने र साझा धारणा बनाउने जस्ता कुनै पनि कुरामा गृहमन्त्री गौतमको प्रस्तुति शून्य रहेको भन्दै एमालेकै मन्त्रीहरु पनि उनीसँग असन्तुष्ट छन् । पहिलेदेखि नै गौतमको कार्यशैली बाट असन्तुष्ट भएपनि पछिल्लो एमालेका एक पदाधिकारीले बताए । महाभूकम्पको वित्तिमा प्रभावकारी भूमिका प्रर्दशन नगरेको विषय त छँदैछ त्यसबाहेक पनि खास गरी तीनवटा विषयलाई लिएर एमालेमा गौतमको आलोचना हुने गरेको छ । समयमा महाभूकम्मको विपत्तिका बेला उनको भूमिकाले पार्टीको मात्र नभई आफ्नै व्यक्तिगत छविलाई समेतलाई धमिल्याउने काम गरेको निष्कर्षमा अध्यक्ष ओली पुगेको स्रोतको दाबी छ । विपत्तिको यो घडीमा कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गौतमले जति गर्न सक्थे, त्यसमा सिन्को भाँच्नेसम्मको काम नगरेको र सरकारको दोषको भार एमालेले बोक्नु परेको भन्दै ओलीले गौतमलाई हटाउन छलफल चलाएको बताइन्छ । विपत्तिका बेला काम गर्नेभन्दा भड्किला अभिव्यक्ति दिने गौतमको कार्यशैलीबाट एमाले नेताहरु बेचैन भएको बुझिएको छ । गृहमन्त्री भएकाबेला पार्टीलाई सहयोग पुग्ने गरी कुन जिल्लामा को प्रमुख जिल्ला अधिकारी पठाउने, कहाँ कुन प्रहरी प्रमुख पठाउने जस्ता विषयमा गौतमले कुनै चासो दिएनन् । यसमा पार्टीका नेताका कुरा सम्म सुनेनन् तर कमिसन आउने विषयमा उनको नांगो हस्तक्षेप देखिएकाले उनलाई दर्खास्त गर्ने विषयमा कुरा भएको बताइन्छ ।

Post a Comment

 
Top