0
महाभुकम्पमा परी दिवंगत भएकाहरुका श्रद्धाञ्जली एवं घाइते तथा पीडित समुदायको शीघ्र स्वास्थ्य लाभको कामनासहित पोखराको केदारेश्वरमा बिहीबार प्रार्थना सभा गरिएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम र विश्व हिन्दू महासंघ कास्कीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य एवं धैर्यता र साहस बढोस् भन्ने कामना गरेका थिए । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावत, बास्तुविद् डा. बासुदेव कृष्णशास्त्री, धर्म अनुशासक बौद्ध धर्मगुरु मीन गुरुजी, स्वामीनारायण आश्रमका प्रमुख श्रीजी महाराज, राष्ट्रिय परोकार महासंघका अध्यक्ष युवापण्डित कमलनयन गौतम, पूर्वसभासद रहेका उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसी, विश्व हिन्दू महासंघ कास्कीका सचिव केदारनाथ अधिकारी, सनातन धर्म सेवाका अध्यक्ष रवीन्द्र माकाजू,  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष सुष्मा पौडेललगायतले बोलेका थिए । केदारेश्वर मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघ नेपालका उपाध्यक्ष वेदनीधि शर्माले स्वागत मन्तव्य राखेका थिए भने संचालन महासंघ कास्कीका अध्यक्ष शंकर खरालले गरेका थिए । कार्यक्रममा द्रोणराज अधिकारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । दीप प्रज्वलन गरी वेदका ऋचा एवं हिन्दू र बौद्ध परम्परा अनुसार प्रार्थनासभा गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा आमा समूहहरुको उल्लेख्य सहभागिता थियो । भुकम्पमा परी अनाथ एवं असहाय बालबालिका हरुको जीवन स्तर झनै कमजोर नबनोस् भन्ने उद्देश्यले पीडित बालबालिकाहरुलाई केदारेश्वर महादेवमणि सेवाश्रम, विश्व हिन्दू महासंघ, बौद्ध गुम्बाहरु लगायतका संघसंस्थाले आश्रय दिई उचित शिक्षा दीक्षा दिलाउन र पालनपोषण गर्न विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले विभिन्न संघ संस्थालाई पनि यसमा सहयोग गर्न अपील गरेका छन् ।यसैगरी गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पको महाविपतबाट मृत्यु भएकाहरुको सम्झनामा राप्रपा नेपाल कास्कीले एकसय आठ दीप प्रज्वलन गरेको छ । मृतक आत्माहरुको चिर शान्तिको कामना गर्दै बुद्ध बिहार विन्ध्यवासिनीमा एकसय आठ दीप प्रज्वलन गरी घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो । राप्रपा नेपाल कास्कीले आयोजना गरेको उक्त दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य शिव कुमार बाँस्तोला, देविजंग गुरुङ्ग, जिल्ला अध्यक्ष जयलाल पुन, उपाध्यक्ष भोलाजंग सुवेदी, कोषाध्यक्ष धर्मेन्द्र थापा, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, सहसचिव रञ्जना सेन पौडेल, कार्यसमिति सदस्य हरि जिसी, रामेश्वर कोइराला लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।यसैगरी गत बैशाख १२गते आएको विनासकारी महाभुकम्पमा परि ज्यान गुमाएकाका ब्यक्तिहरुको संझना र घाईतेहरुको शीघ्र स्वाथ्यलाभको कामना गर्दै बिहीबार लेखनाथको शिशुबामा सामूहिक दीप प्रज्बलन गरिएको छ ।  भुकम्पमा परि ज्यान गुमाएकाहरुको १३औ दिनको पुन्य तिथीको अबसरमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै स्थानीय सामाजीक संघ सस्थाको सक्रियातामा शिशुबा बजारमा रहेको त्रि नेत्रश्वर शिब मन्दिर परिसरमा नेपालको नक्सा बनाई सामुहिक रुपमा दिप प्रज्वलन गरिएको हो । स्वस्ती बाचन र एक मिनेट मौनधारण गरि सुरु भएको कार्यक्रममा नेपाल मानब धर्म सेवा समिती गण्डकी अञ्चल  संयोजक माहात्मा पिताम्बरा बाईजीले आगामी दिनमा यस प्रकारका विनासकारी भुकम्पबाट कोही कसैले ज्यान गुमाउन नपरोस् भन्ने कामना समेत गरिएको थियो । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले विश्व रेडक्रस दिवस भुकम्प प्रभावितहरु लाई राहत वितरणलाई केन्द्रित गर्दै मनाउने भएको छ । ‘रेडक्रसका सिद्धान्त व्यवहारमा’ भन्ने नाराका साथ शनिवार विश्व रेडक्रस दिवस मनाईदै छ । शाखाले शनिवार प्रभावितहरुलाई राहत वितरण र घाइतेलाई फलफूल, पोखरा–२५ पुम्दीभुम्दीमा स्वास्थ्य अन्र्तगत पुर्णखोप सुनिश्चित घोषणा, सल्यानमा रेडक्रस अभिमुखिकरण, विभिन्न जुनियर रेडक्रस तथा युवा रेडक्रस सर्कलहरुमा ब्याज वितरण र आइतवार रक्तदान कार्यक्रम गर्ने जनाएको छ । यसैगरी दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा २, ३ उपशाखा, अनन्ता सामुदायिक सेवा समिति, टोल विकास संस्था, वडा समन्वय समिति पोखरा–२ र हरिचोक १,२ बाट संकलित दैनिक उपभोग्यका सामग्री शनिवारै माछापुच्छ«े गाविसमा प्रदान गरिने उपशाखाका सभापति खगेन्द्र पराजुलीले जानकारी दिए । प्रत्येक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । इटालीको सल्फेरिनोमा भएको युद्धको विभत्स दृश्यबाट प्रभावित भई जाँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको जन्म भएको हो । सोहि दिनको सम्झनामा विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।  वि.स. २०२२ सालमा स्थापना भएको

Post a Comment

 
Top