0
गोल्डेन न्यूज संवाददाता
तीन हप्ताको बीचमा आएका दुई ठूला विनाशकारी भूकम्पले क्षति पु¥याई पीडित भएकाहरुलाई बतास फाउन्डेसन र इस्लामिक रिलिफ वल्र्डवाइड (यू.के) को सहयोगमा शुक्रवार सिन्धुपाल्चोकको बाहबीसेमा राहत वितरण गरिएको छ । राहतवितरण कार्यक्रम अन्तर्गत बाह्रबीसे वडा नं ५ का करिब २०० घरधुरी लाई फेमिलि साईजको टेन्ट, ६५ बोरा चामल, २५ बोरा दाल, २ सय प्याकेट नुन ,२ सय लि. तेल, ६५ कार्टुन चाउचाउ, १ सय काटुर्न बिस्कुट लगायतका खाद्य सामग्रीहरु वितरण गरिएको वतास फाउण्डेशनका अध्यक्ष आनन्दराज बतासले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सिन्धुपाल्चोक जिल्ला भरिमा गरी ७ सय वटा फेमिली साईजको टेन्ट बाँड्ने लक्ष्य रहेकोमा ५ सय घरधुरीलाई बाँडिसकेको र १ हजार ७३ घरधुरीलाई राहत वितरण गरिसकेको उनले जानकारी दिए । साथै केही दिनमै अन्य प्रभावित जिल्लाका  ५ हजार मानिसको लागि उपर्युक्त फेमिलि साईजको त्रिपाल र १० हजार परिवारलाई खाद्य सामग्री साथै अन्य आवश्यक सामग्रीहरु वितरण गर्ने योजना रहेको बतास फाउण्डेशनले जनाएको  छ । गएको हप्ता बेलायतको राहत तथा विकास संगठन इस्लामिक रिलिफ र बतास फाउण्डेशन विच नेपालका भूकम्प पीडितको लागि १७ करोड रुपैया वरावरको राहत वितरण गर्ने साझेदारी सम्झौता भएको थियो । यसैगरी भूकम्पका कारण धादिङ्ग रि गाविस रिचेतबाट गाँउबाट विस्थापित भई पोखराका विभिन्न ठाँउमा वसेकाहरुलाई रोटरी क्लव अफ फिस्टेलले शनिबार राहात प्रदान गरेको छ । क्लवका अध्यक्ष रमाकान्त वरालका अनुसार २६ परिवारलाई करिव १ लाख १५ हजारको सामग्री प्रदान गरिएको छ । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु थापालेविस्थापितहरुलाई राहत सामग्रीले केही सहयोग पुगेकोमा क्लवलाई आभार व्यक्त गरिन । उनले संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूकम्प प्रभावितहरुलाई केही कार्य गर्न लागेको जानकारी गराए ।  सो अवसरमा प्रभावितहरुलाई खाद्यन्न, लत्ताकपडा, भाँडा, औषधि वितरण गरिएको थियो । सो कार्यक्रममा खुसी इन्टरप्राइजेजका संचालक श्रीकृष्ण न्यौपानेले प्रभावितहरुलाई १५ थान प्रेसर कुकर प्रदान गरे । सो कार्यक्रम संयोजन गरेको पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत रहेको वाल श्रम न्यूनिकरणकी अधिकृत प्रीति पाण्डेले प्रभावित वालवालिकाहरुका लागि विद्यालय भर्ना, युवाहरुको लागि रोजगार र प्रसुति अवस्थामा रहेका महिलाहरुलाई औषधि उपचारको व्यवस्था गर्न लागेको जानकारी दिइन । कार्यक्रममा रोटरियन तेज गुरुङ्ग, भुवन गुरुङ्ग, वावुराम पाठक, विभा कोइराला, अशोक चालिसे लगायतले राहात प्रदान गरेका थिए । यसैबीच विनाशकारी भूकम्पमा परी घाईते भएकालाई पोखरा २५ (पुम्दी भुम्दी) तिहालाहार आमा समूहले खाना खुवाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हँुदै गरेका भूकम्प प्रभावित घाईतेहरुलाई शनिबार विहानको खाना खुवाईएको आमा समुहका अध्यक्ष प्रेमकुमारी बरालले बताईन । भूकम्पले गर्दा आफ्नो गाँउमा पनि केही घरहरु चर्केको बताउँदै अध्यक्ष बरालले घाईतेहरुसंग प्रत्यक्ष भेटघाट गरी सानो सहयोग रुवरुप एक छाक खान खुवाएको बताईन । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गोर्खा, तनहुँ लगायतका भूकम्पमा परी घाईते भएका करिब २४ जना घाईते सहित उनका आफन्त, स्वयमसेवक गरी ८५ जनालाई खाना खुवाएको समूहले जनाएको छ । यसैबीच भूकम्प प्रभावितहरुको लागि स्वास्थ्य परीक्षण तथा औंषधि तथा खानपिनको राम्रो व्याबस्थापन भए पनि शौचालयमा केहि दिनदेखि पानी भने अभाव भएको गोर्खाका मान्वुका राजकुमार गुरुङले गुनासो गरे । छोरीको उपचार गर्न अस्पताल पुगेका उनले भने–“यदी राम्रोसंग सौचालयमा पानी उपलब्ध नगराउने हो भने भोली शौचालयको होफोर सहितको दुर्गन्धले गर्दा अर्काे रोग लाग्न सक्छ ।” पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालसम्म २ सय ६७ जना भूकम्प प्रभावित आएकोमा ७२ जनाको अप्रेशन गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए ।

Post a Comment

 
Top