0
गोल्डेन न्यूज संवाददाता
भक्ति संगीत प्रतिष्ठान नेपालको पहिलो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नवराज बरालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ ।  समितिको वरिष्ठ उपाध्यक्षमा पशुपति गुप्ता, उपाध्यक्षमा वसन्त बराल,  महासचिवमा प्रेम साकार, सचिवमा पिंगला भट्ट र कोषाध्यक्षमा लक्ष्मी गिरी रहेका छन् । यसैगरी समितिको सदस्यमा सुकु हिराचन, विष्णु पराजुली, खिम गुरुङ, लक्ष्मी मूल्मी र कौशिला गुरुङ रहेका छन् । यसैगरी सभाले कृष्णप्रसाद पराजुलीलाई कानुनी सल्लाहकार तथा चन्द्र प्रसाद ठेष्ठ र ठाकुरप्रसाद तुलाचनलाई सल्लाहकारमा चयन गरेको छ । सभाको पहिलो सत्रको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि बौद्धमागी धर्म अनुशासक मिन गुरुले मानव भएर जन्मेपछि आमा, बाबु र गुरुको ऋण तिर्नुपर्ने बताए । सभामा महासचिव वसन्त बराल र कोषाध्यक्ष लक्ष्मी गिरीले प्रस्तुत गरेको आर्थिक तथा सांगठित प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । मिन लामाको संयोजकत्वमा ठाकुरप्रसाद तुलाचन र असफल गौतमसहितको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो । तदर्थ समितिका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति राखिएको थियो । समितिका सदस्य विष्णु पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको पहिलो सत्रको सञ्चालन तत्कालिन महासचिव वसन्त बराल र दोस्रो सत्रको सञ्चालन असफल गौतमले गरेका थिए ।

Post a Comment

 
Top