0
पोखरा उपमहानगरपालिका वडा नं. ८ सिमलचौरस्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सिङ प्रमुख राधिका रेग्मीले प्रथम रक्तदाता प्रिया कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष सृजना बराल, पूर्व सल्लाहकार विष्णु प्रसाद बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, रक्तसंचार केन्द्रका प्राविधिक माधव पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष कमलादेवी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक सरस्वती अधिकारी र कार्यक्रमको संचालन सचिव सुष्मा पहारीले गरेका थिए । संस्थाले वार्षिकोत्सवको अवसरमा आयोजित तीन दिवसीय कार्यक्रम अन्तर्गत बैशाख १ गते शारदा गिरीको संयोजकत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो भने बिहीवार शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गर्ने संचालक सदस्य तारा केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन ।

Post a Comment

 
Top