0
सहारा क्लब र सत्य युवा क्लब शुभकामना कपको सेमिफाईनलमा प्रवेश गरेका छन । यो संगै हेमजा युनाईटेडले नबबर्ष २०७२ को अबसरमा आयोजना गरेको दोस्रो शुभकामना कपमा शनिबारदेखि क्वाटरफाईनलका खेल सकिएको छ । शनिबार सहारा क्लब र एपेक्स क्लब बी बीच भएको पहिलो खेलमा एपेक्स ३–१ गोलले पराजित भएको छ । सहाराको तर्फबाट आकाश सुनार, मनिष श्रेष्ठ, र अजय श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जीतसंगै सहारा क्लबले सेमिफाईनलको यात्रा तय गरेको छ । एपेक्स क्लबको तर्फबाट भने सुनिल सुबेदीले सान्त्वना गोल गरेका थिए ।
उक्त खेलमा सहाराका जर्सी नं. ११ का खेलाडी सिद्धार्थ रञ्जित म्यान अफ द म्याच बने । सहाराका यिम्मी गुरुङले एलोकार्ड पाएका थिए । शनिबार दिउसो भएको अन्तिम क्वाटरफाईनल खेलमा सत्य युवा क्लब बिजयी भएको छ । भदौरे युवा क्लबलाई २–० ले पराजित गर्दै सत्यले  सेमिफाईनलमा बिष्णुपादुका क्लब बी सँगको भेट पक्का गरेको छ । सत्य युवा क्लबका लागि खेल अवधिभर गोलका लागि थुपैै्र अबसर भएपनि दुईवटा प्रहारमात्र गोलमा परिणत हुन सक्यो ।
खेल शुरु भएको केही समयमा नै सत्यका प्रज्वल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै सत्यकै सुशान गुरुङको बलियो प्रहार गोलमा परिणत भएपछि सत्यको अग्रता दोब्बर भएको थियो । उक्त खेलमा सत्यका जर्सी नं. ११ का शुशान गुरुङ म्यान अफ द म्याच बने भने सत्यकै सुशिल लामाले एलोकार्ड पाएका थिए । युवा एकता र विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगिता सोमबार सकिदैछ । फुटबल हेर्न दर्शकको भिड नै लाग्ने गरेको छ । प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन ।       प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख एक हजार एक सय ११ ट्रफी, मेडल, प्रमाण पत्र र दोस्रो हुनेले नगद ५५ हजार पाँच सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र रहने हेमजा युनाईटेडले जनाएको छ । प्रतियोगितामा प्रत्येक विधाको पुरस्कार व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख ९२ हजार छ सय ६६ आम्दानी र १० लाख २१ हजार छ सय ६६ खर्च हुने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष ईन्द्रबहादुर कँुवरले जानकारी दिए । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितामा आईतबार सेमिफाईनलका खेलहरु हुने र सोमबार अन्तिम प्रतिस्पर्धा हुने हेमजा युनाईटेडका अध्यक्ष बिजय के.सी.ले जानकारी दिए । आईतबार बिहान ११ बजे सहारा क्लब र नयाँ गोरख गणबीच पहिलो खेल हुनेछ । यस्तै दिउँसो बिष्णुपादुका क्लब बी र सत्य युवा क्लब बीच दोश्रोखेल हुने हेमजा युनाईटेडका सचिव सरोज सापकोटाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top