0

तत्कालिन राजारानी पोखरा आउँदा बस्ने फेवाताल किनाराको रत्नमन्दिर दरबार शनिबारदेखि जैविक विविधता पार्क बनेको छ । पोखराको पर्यटकीय क्षेत्रमा रहेको उक्त रत्न मन्दिर अर्थात् पुरानो राजदरबार सरकारी कर्मचारीले समेत हेर्न अवसर पाएका थिएनन होला सर्वसाधारणको पहुँच त टाढै भएपनि सुनेका थिए । त्यहाँ पहिलो पटक पुगेका क्षेत्रीय प्रशासक, पत्रकार, कर्मचारी र सर्वसाधारणले दवारमाभित्र छिरेपछि फोटो खिचाउन ब्यस्त बने । आफ्नै क्षेत्रभित्र रहेको रत्नमन्दिरभित्र प्रवेश गरी प्रत्यक्ष अवलोकन गर्न पाउँदा  पोखरेलीहरु यसै पनि खुशि थिए । शनिबार दरवारलाइ विविध जैविकता पाक बनाइएको छ । त्यहाँभित्र बोड राखेर पाक बनाउने अभियान सुरु भएको हो । खासमा पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो रत्नमन्दिर । राजपरिवारका सदस्यहरु बस्ने ठाउँ भनेपछि पक्कै पनि यो पृथक छ र यसको महत्व पनि विशेष नै हुने भैहाल्यो । पोखराको बसुन्धरापार्कबाट तालबाराही मन्दिर जाने बाटोको बिचमै रहेको रत्न मन्दिरलाई कडा सुरक्षाका साथ अग्लो पर्खालले घेरिएको छ भने नेपाली सेनाले सुरक्षा प्रदान गदेै आएको छ ।
 राजा स्व.वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३ सालको राजनीतिक परिवर्तनसँगै त्यसको एकबर्षपछि मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा आईसकेको छ । वि.सं. २०१४ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा जाँदा बस्न मिल्ने गरी यो दरबारको निर्माण गर्न लगाएका थिए । रत्न मन्दिरलाई हिँउदे दरबारको रुपमा समेत नामाकरण गरिएको थियो । महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै रत्न मन्दिर राजा वीरेन्द्रको नाममा आएको थियो । कवि तथा सँस्कृतिविद् तीर्थ श्रेष्ठ भन्छन्–‘रत्न मन्दिरमा सार्वजनिक कार्यक्रम गरेर सर्वसाधारणका लागि खुल्ला गरिएको पहिलोपटक हो ।’ श्रेष्ठले राजा वीरेन्द्रको पालामा रत्न मन्दिरभित्रै गएर आफ्ना कविता सुनाएको स्मरण गर्दै उनले भने–‘मैले यही मन्दिरभित्र गएर केही पटक राजा वीरेन्द्रलाई कविता पनि सुनाएको थिएँ । हुन त रत्नमन्दिरभित्र त्यति ठूलो र राम्रो चिज केही पनि बनेको छैन । पूर्व राजपरिवारका सदस्यहरुको बस्ने ठाउँ भएकाले नै यसले त्यति धेरै महत्व पाएको हो ।’ पछिल्लो समय रत्न मन्दिलाई कहिले पाँचतारे हाटल बनाईनुपर्ने त कहिले जैविक विविधता संग्रहालय अनि पार्क बनाईनुपर्ने माग पनि उठिरहेको थियो । यसलाई जे बनाएपनि व्यवस्थित गरी त्यसको ऐतिहासिकता नमर्ने गरी बनाउनुपर्ने श्रेष्ठको तर्क छ । त्यसअघि केही समय सर्वसाधारणका लागि पनि खुल्ला गरेर बृहत् छलफलपछि के बनाउँदा उपयुक्त हुन्छ, त्यही बनाउनु उपयुक्त हुने उनी बताउँछन् । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ ।

Post a Comment

 
Top