ेजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुईसय ४१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा एकसय ४३ जना महिला र एकसय ९९ पुरुषको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा एकसय ९२ जनाको रगत परिक्षण र त्यसमध्ये एकसय १९ जनाको थाईराईड सम्बन्धि लक्षण देखिएको क्लबले जनाएको छ । विहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म शिविर सञ्चालन भएको थियो । सुगर, प्रेसरको परिक्षणका साथै विरामीलाई एक महिनाको औषधि निःशुल्क रुपमा वितरण गरी थाइराइड चेकअप तथा निःशुल्क परामर्श दिइएको अध्यक्ष दामोदर बरालले बताए । स्टेप वाई स्टेप उच्च माध्यमिक विद्यालय पोखरा–७, मासवार को प्राङ्गणमा आयोजित शिविरको उद्घाटन क्लबका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाका उपसभापति दण्डराज शर्माले गरेका थिए । ए.पि.एफ अस्पताल काठमाडौंका प्रमुख डा.रामकृष्ण बराल, ओम अस्पताल पोखराका डा.ईश्वरमान गुरुङ, मनिपाल शिक्षण अस्पताल पोखराका डा.किरण खत्रीले शिविरमा विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । एवोट संस्थाले थाइराईड सम्बन्धी सचेतनामूलक श्रव्य दृश्यको प्रदर्शन गरेको थियो । जसमा डा.रामकृष्ण बरालले सहजीकरण गरेका थिए । डा.बरालले आप्mनो जन्मथलोमा शिविरको आयोजना गरी स्वास्थ्य परिक्षण गर्नुका साथै सचेतना जगाउन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए । लाइफ केयर डाइग्नोष्टिक सेन्टर प्रा.लि.ले विधिवत शुभारम्भ अघि नै सामाजिक कार्यमा आफ्नो सहभागिता जनाएको थियो । सेन्टरका प्रबन्ध निर्देशक डा.महेन्द्र भट्टले आगामी दिनहरुमा पनि संस्थाले सामाजिक सेवामा निरन्तरता दिइरहने बताएका छन् । स्वास्थ्य परीक्षणको बाँकी रिपोर्ट आइतबार बिहान ११ बजे पोखरा–७, शान्तिनगरचोकमा रहेको डन न्यूज नेशनल डेलीको कार्यालयबाट बितरण गरिने कार्यक्रम संयोजक सावित्री अधिकारीले जानकारी दिइन् । संयोजक अधिकारीले कार्यक्रम सफतलापूर्वक सम्पन्न गर्नका लागि आर्थिक तथा भौतिक सहयोग पु¥याउनु हुने सबैमा धन्यवाद व्यक्त गरेकी थिईन् । क्लबका अध्यक्ष दामोदर बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव रन्जना बरालले र कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
स्वास्थ्य-जीवनशैली
» पिस क्लबको निःशुल्क स्वास्थ्य शिविर
Subscribe to:
Post Comments (Atom)
Post a Comment