0
संविधान निर्माणमा देखिएका गतिरोध र निकासका उपाय बिषयक अन्तक्र्रिया कार्यक्रममा सम्पन्न ग¥यो । त्यस अवसरमा बोल्दै अधिवक्ता तिलक पराजुलीले संविधान निमार्णमा ढिलाई हुने तत्वको रुपमा नेपालका दुई छिमेकी राष्ट्रलाई खुशी पार्नुपर्ने, जति ढिलाई गरे त्यति नै वैदेशिक हस्तक्षेप बढ्दै जाने र राजनीतिक पार्टीहरुमा स्वतन्त्रतापूर्वक सहमति गर्न नसक्नु नै प्रमुख कारण रहेको बताए । अधिवक्ता सुरेन्द्र थापा मगरले समाबेशी आवाजलाई संविधानमा समेट्नु पर्ने बताउँदै सबैको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए । सो अवसरमा वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, अधिवक्ता भूपनिधि पन्त, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, पत्रकार तथा अधिवक्ता दुर्गा भण्डारी,पत्रकार तथा पत्रकारिताका अनुसन्धाता शेखर पराजुली, उप–प्राध्यापक कमल ढकाल, सचेतना समाजका सदस्य लेख बहादुर थापा, ईन्सेक प्रतिनिधि टंक खनाल, छुनुमुनु पब्लिकेशनक रबिराज बसौला र अधिवक्ता कृष्ण कुमार श्रेष्ठ लगायतले विवाद रहित ढंगबाट संबिधान निर्माणका लागि राजनीतिक दलहरु एकजुट भएर राष्ट्रिय स्वार्थमा लाग्नुपर्ने, अधिकतम राजनैतिक सहमति जुटाएर संबिधान बनाउनु पर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top