0
कास्कीको रुपाकोट गाविसलाई साक्षार गाविस घोषणा गरिएको छ । बुधबार रुपाकोट गाविसले आयोजना गरेको साक्षार गाविस घोषणासभा कार्यक्रममा हस्ताक्षर गरि बोल्दै सभासद यज्ञ बहादूर थापाले  शिक्षा विना विकास सम्भव नभएकाले सबै नागरिक शिक्षित भएमात्र सभ्य समाजको निर्माण हुने बताए । उनले सहमतिमै  संविधान आउने  समेत उल्लेख गरे । कार्यक्रमका कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले साक्षरता अभियानलाई निरन्तर विकास गराउँदै लगिनूपर्नेमा जोड दिए । सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापाले साक्षार गाविस घोषणा गर्नका लागि १५ देखि ६० बर्ष सम्मका व्यक्तिले सामान्य नाम लेख्न र पढ्न सक्ने हुनुपर्ने बताउँदै उक्त उमेरका ९५ प्रतिशतले जानेको भएपनि साक्षार गाविस घोषणा गर्न सकिने स्पष्ट पारे । कार्यक्रममा रुपाकोट–पोखरा सम्पर्क मञ्चका अध्यक्ष खेम बहादुर गुरुङ, नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि प्रकाश खनाल, एमाले क्षेत्र नं ४ का अध्यक्ष टीकाराम पंगेनी, नेपाली काँग्रेस गाउँ इकाइ सभापति तुलबहादूर गुरुङ, एनेकपा माओवादीका गाउँ इकाइ कमिटी  अध्यक्ष सूर्यबहादुर गुरुङ रा.प्र.पा.का पूर्व जिविस सदस्य हरि बहादुर खड्का, पेलू संघका केन्द्रीय सदस्य कौशीला गुरुङ, स्रोत व्यक्ति तिलबहादुर खड्का, सिद्धार्थ तमु समाजका अध्यक्ष गेसबहादुर गुरुङ, मानबअधिकार निगरानी समूहका अध्यक्ष देब बहादुर गुरुङ, ध्रवतारा क्लबका अध्यक्ष प्रेम खड्का, मेलमिलापका कर्णबहादुर थापा, चन्द्रप्रभा उच्च मा.वि.का प्राचार्य भोलानाथ पौडेल, पृथ्वीरुपा मा.वि का प्र.अ. जगत लामिछाने लगायतले साक्षर गाविस घोषणा लेखिएको व्यानरमा हस्ताक्षर गर्दै आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा भिरचोक इष्टमित्र कोषले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रमलाइ साक्षार गाविस घोषणा कार्यक्रमका संयोजक बलराम गुरुङले स्वागत एबं सिद्धार्थ स्मृति युवा क्लवका अध्यक्ष झलक गुरुङले संचालन गरेका थिए ।

Post a Comment

 
Top