संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरूलाई नयाँ संविधानका अन्तर्वस्तुमा सहमति खोज्न पुनः एकसाताको समयसीमा प्रदान गरेका छन् । दलहरूबीच यस समयावधिभित्र संविधानका अन्तर्वस्तुमा सहमति हुन नसकेको खण्डमा प्रस्ताव निर्माण समितिको प्रतिवेदन संविधानसभाको वैशाख १७ गते बस्ने बैठकबाट अघि बढाइने छ । संविधानसभाको बिहीबारको बैठकमा उनले यस अवधिमा दलहरू बीच सहमति भए त्यही बमोजिम तथा हुन नसकेमा नियम अनुरुप उल्लेख गरिएको प्रक्रियालाई अगाडि बढाउने जानकारी दिएका हुन् । संविधानसभाको प्राथमिकता भनेको सहमति नै भएको आफूले भन्दै आएको स्मरण गराउँदै अध्यक्ष नेम्वाङले भने–“अहिले पनि त्यो दोहो¥याउन र जोड दिन चाहन्छु ।” संविधानको विषयवस्तु र सो नहुँदा प्रक्रियासमेतलाई लिएर सहमति गर्नका लागि राजनीतिक दलहरू लाई पटक–पटक मागभन्दा बढी समय दिँदै आएको बारे उनले बैठकलाई जानकारी गराएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment