रीता गुरुङ
जापान ३ वैशाख ।
नेपाली जनसम्पर्क समिति जापान अन्तर्गत कोशीनिचु होकीरिकु निगाता इकाइले नेपाली नयाँ वर्ष प्रवेशको अवसर पारेर वृहत रक्तदान कार्यक्रमको आयोजना ग¥यो । रक्तदान कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सभापति नारायणप्रसाद सुवेदीले जापानमा बसेर पनि मानवीय सेवामा नेपालीहरु सक्रिय छन् भन्ने उदाहरण रक्तदान कार्यक्रमले देखाएको बताए । कार्यक्रममा जनसम्पर्क समिति जापानका प्रवक्ता रामशरण रेग्मी, एनआरएन जापानका सल्लाहकार राजेन्द्र प्रसाद भट्टराई, एनआरएन कोशीनिचु होकीरिकु निगाता इकाइका सभापति निरज कोइराला लगायतले रक्तदानको महत्व र आ–आफ्नो संस्थाका गतिविधिका बारेमा जानकारी गराएको नेपाली जनसम्पर्क समिति जापानका महासचिव राजेन्द्र जमरकट्टेलले जानकारी दिए । कोशीनिचु होकीरिकु निगाता इकाइ सभापति शिवजी वर्तौलाको सभापतित्वमा भएको कार्यक्रममा समितिका सदस्यहरु तथा अन्यले रक्तदान गरेका थिए ।
यसैबीच नेपाली जनसम्पर्क समिति कोशीनिचु होकीरिकु निगाता इकाईको क्षेत्रीय
अधिवेशन आइतबार हुने भएको छ । राष्ट्रियता, प्रजातन्त्रका साथै समाजवादमा
आस्था राख्ने नेपालीहरुको संस्थाको रुपमा स्थापित नेपाली जनसम्पर्क समिति
नेपाली कांग्रेसको विदेश स्थित भातृ संस्थाको रुपमा रहेको छ । अधिवेशनमा
कोशीनिचु होकीरिकु निगाता मुराकामी, तोयामा, नागानो, फुकुइ, इसीकावा
लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली कांग्रेसमा आस्थावानहरुलाई सहभागी
बन्न आग्रह गरिएको छ । अधिवेशनका लागि शिवजी वर्तौला, निरज कोइराला, रामशरण
रेग्मी र सिपी खनाल लगायतले आवश्यक तयारी गरिरहेका छन् ।

Post a Comment