0
उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माण प्रक्रियामा सकारात्मक सहयोगका लागि समग्र सञ्चार माध्यमलाई आग्रह गरेका छन् । सत्विचार राष्ट्रिय मासिक पत्रिकाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तत्र्रिmया तथा सम्मान कार्यक्रममा उपराष्ट्रपति झाले सञ्चार माध्यमले अहिले कुनै व्यक्ति विशेषको विचारभन्दा पनि दलीय विचारलाई महत्वका साथ प्राथमिकता दिनुपर्ने समय हो भने । उनले नकारात्मक टिकाटिप्पणी भन्दा पनि नागरिक समाज, समग्र वौद्धिक वर्ग, पत्रकार, मानव अधिकारकर्मी तथा सरोकार राख्ने सङ्घसंस्थाले समयमै संविधानका लागि सकारात्मक दबाब दिनुपर्नेमा जोड दिए । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरी बहादुर केसीले महिला, मधेसी, मुस्लिम तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्दै जतिसक्दो चाँडो संविधान जारी गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने धारणा राखे । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले अहिलेसम्मका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई शान्तिको बाटोमा अगाडि बढाउन नयाँ संविधानको आवश्यकता औँल्याए ।   
महिला हिंसाका मुद्धा छिटो किनारा लगाउन माग

Post a Comment

 
Top