डाइनामिक एकेडेमी कहिले र कस्तो अवस्थामा स्थापना भएको हो ?
पोखरेल ः देश द्वन्दकालको अवस्थामा होम्मिएको बेला निजी विद्यालयहरुलाई असहयोगको अवस्थामा प्रारम्भिक संस्थापकहरु भेषराज पोख्रेल, ज्ञानेन्द्र ढुंगाना र क्षेत्रबहादुर पेखरेल ःद्वारा २०६२ श्रावण ४ गते पार्दी स्मृति हिमालीटोलमा स्थापना गरियो ।
खस्थापना कालमा विद्यालयमा विद्यार्थी, शिक्षक र कर्मचारीको संख्या तथा भौतिक पूर्वाधार कस्तो थियो ?
पोखरेल ः स्थापनाकालमा जम्मा ४६ जना विद्यार्थीको संख्या विएम शुरु भएको डाईनामिक एकेडेमीमा जम्मा १३ शिक्षक, शिक्षिका कर्मचारी रहेको अवस्थामा भाडामा संचालन गरिएको थियो । करिब एक दशक पहिला शुरु हुँदा पनि आन्तरिक पठन–पाठनका लागि विद्यालयले राम्रो भौतिक पूर्वाधारको तयार गरेको थियो ।
खअहिलेसम्म आइपुग्दा विद्यार्थी संख्या, शिक्षक, कर्मचारी र भौतिक पूर्वाधारको क्षेत्रमा कस्तो प्रगति भएको छ ?
पोखरेल ः आजका मितिसम्म करिब ५५० भन्दा बढी विद्यार्थीको संख्या सहित ४० जना शिक्षक, शिक्षिका कर्मचारी कार्यरत यस विद्यालयमा आफ्नै दुई बस संचालन गरेको छ । समय सापेक्ष विद्यालयलाई चाहिने विज्ञान प्रयोगशाला, कम्प्युटर प्रमा, व्यवस्थित पुस्तकालय, स्वच्छ युरोगार्डको पानी, शिक्षक शिक्षिकाका हकमा अति अनुभवी ख्यातिप्राप्त मात्र नभई विभिन्न जिल्ला र राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल हुनुभएका शिक्षक शिक्षिका कार्यरत हुनुहुन्छ । डायनामिक एकेडेमीलाई चिनाउन धेरै भन्नु पर्ने मलाई लाग्दैन किनभने डाइनामिकका संचालकहरु नै लामो समयसम्म शिक्षण पेशामा आबद्ध रही अनुभव बटुलेर विद्यालय संचालन गरेको छ ।
खस्थापनाकालिन अवस्थामा विद्यालयको शैक्षिक गुणस्तरको अवस्था के थियो र अहिले कस्तो छ ?
पोखरेल ः स्थापनाको एक दशक नबित्दै यस विद्यालयबाट ६ वटा प्रवेशिका परीक्षामा विद्यार्थी सामेल गरी शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । यहीबाट यस द्वन्दको विद्यालयको गुणस्तर कास्कीमा आम विद्यालय भन्दा कम हुने र यसलाई अझ बढी प्रभावकारी बनाउन समय अनुरुप टेक्नोलोजीका साथ पठन पाठनलाई अगाडि बढाउँदै छौं । बालमैत्री वातावरण सहित ।
खप्रतिस्पर्धी विद्यालयसंग तुलना गर्दा तपाईको विद्यालयमा के–के कुरा राम्रा छन्, अर्थात महत्वपूर्णं विशेषताहरु के–के हुन् नि ?
पोखरेल ः विद्यालयको गुणस्तरलाई मापन गर्ने बस्तु भनेको कर्मचारी शिक्षक–शिक्षिकाको योग्यता र अनुभव एक महत्वपूर्ण रुपमा लिइन्छ । यस पाटोमा मलाई लाग्छ डाइनामिक एकेडेमीको अस्त्र भनेकै यहाँका संचालक एवं शिक्षक छांै । यहा हरियाली पूर्ण वातावरण सहित यथेष्ट खेल मैदान छ ।
खविद्यालयमा विद्यार्थीहरुले शैक्षिक एवम् अन्य क्षेत्र खेलकुद, कविता, निवन्ध, चित्रकला, हाजिरीजवाफ वा अन्यमा प्राप्त गरेको स्थान वा सफलताको बारेमा के भन्नुहुन्छ ?
पोखरेल ः यस विद्यालयका विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले आफ्नो वार्षिक क्यालेन्डरमा नै अतिरिक्त क्रियाकलाप राखेको छ । त्यसको फलस्वरुप हाम्रा विद्यार्थीको प्रतिभामा निखार आउँछ । त्यसकारण हाम्रा विद्यार्थीहरु विभिन्न संस्थाहरुद्वारा आयोजित कार्यक्रममा जिल्ला मात्र नभई राष्ट्रिय तहसम्म पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
खअहिले विद्यालयमा पढाइ हुने विषय तथा शिक्षकहरुको अनुभव र योग्यताबारे केही बताउनुहुन्छ ?
पोखरेल ः नेपाल सरकारद्वारा स्थापित यस विद्यालयमा शिक्षकको योग्यता अनुसार तहगत रुपमा शिक्षक शिक्षिका हुनुहुन्छ । यहाँका सम्पूर्ण संचालक एवं शिक्षकहरु स्नाकोत्तर उत्तीर्ण हुनुहुन्छ । यस विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म संचालन छ ।
खविद्यालयको समग्र विकासका लागि कुन–कुन क्षेत्रका (शिक्षक–अभिभावक, विद्यार्थी वा अन्य सरोकारवाला) को भूमिका रहँदै आएको छ ?
पोखरेल ः प्रत्येक संचालकको सपना हुन्छ कि आफ्नो विद्यालय अरु विद्यालय भन्दा फरक होस र गुणस्तरीय शिक्षा प्रदान गरोस्, छिटै नै आफ्नो विद्यालय आफ्नै जमिनमा बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय पठन पाठन संचालनमा ल्याउने सोच छ ।
खविद्यालयले कुनै समस्या भोग्नु परेको छ कि ?
पोखरेल ः कुनैपनि संस्था संचालन गर्दा त्यसमा कुनै न कुनै किसिमको समस्या र परिस्थिति त पक्कै पनि रहन्छन् । जहाँसम्म निजी विद्यालयलाई हेर्ने दृष्टिकोण छ यसलाई परिवर्तन गर्न आवश्यक छ । अन्य कुरा शिक्षण संस्था भनेको सामाजिक सहयोग आदान प्रदान गर्ने माध्यम पनि हो ।
खगोल्डेन न्यूज दैनिकमार्फत अरु केही भन्न चाहनुहुन्छ ?
पोखरेल ः विद्यालय भनेकै विद्यार्थीका लागि हो । विभिन्न क्षेत्रमा कार्यरत अभिभावकको चाहना अनुसारको शिक्षा दिलाउन सफल भएकाले अभिभावक र अन्य निकायले हामीलाई राम्रो सहयोगको भुमिका खेल्नुभएको छ । धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

Post a Comment