0

बाहिरी जिल्लाबाट आएका मोटरसाइकल लाई पोखरा सभागृहचोकमा व्यवस्थित रुपमा पंगिगत रुपमा राखि ¥यालीलाई पोखराको चिप्लेढुंगातर्फ समापनका लागि लगिने तयारी भईरहेको स्थानीय व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र तमुले जानकारी दिए । ¥यालीमा कास्कीका सम्पूर्ण तमु तथा आदिवासी जनजाति संघसंस्थाको सहभागिता रहने छ । ¥यालीलाई तमुस्यो ह्युल छोँज धिं गुरुङ महिला राष्ट्रिय परिषद कास्की, नेपाल तमु विद्यार्थी छोँज धिं कास्की, तमु युवा ह्युल छोँज धीं कास्कीले स्थानीय व्यवस्थापनको भूमिका निर्वाह गर्ने बताएको छ । यसैबीच बैशाख १२ र १३ गते पोखरामा पहिलो पटक हुन लागेको तमुस्यो ह्युल छोँज धिं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय पार्षद भेलालाई सव्य भव्य रुपमा सम्पन्न गराउन स्थानिय व्यवस्थापन समितिले तयारी तिव्रा बनाएको छ । भेलाका लागि जिल्ला कार्यसमितिका पदाधिकारी संयोजक रहने गरि विभिन्न उप–समिति गठत गरि कार्य तीव्रता दिएको जिल्ला सचिव विष्णु तमुस्योले जानकारी दिए । बैशाख १२ गते सभागृह हलमा उद्घाटन सत्र हुने पार्षद भेला पूर्व पोखराको चिप्लेढुंगाबाट ¥याली निकालिने जनाएको छ ।  देशभरका ४ सय तमु महिला प्रतिनिधिहरुको  सहभागिता रहने छ । संस्थाले मोटरसाइकल ¥याली लगायत तमुवान जागरण अभियान अन्र्तगत बैशाख १९ गते स्याङ्जा, बैशाख २१ गते कास्की, बैशाख २३ गते तनहुँ, बैशाख २५ गते गोरखा, बैशाख २६ गते लम्जुङ्ग, जेठ ९ गते पर्वत, बाग्लुङ्ग र म्याग्दीमा तमुवान जागरण जिल्ला भेला गर्ने जनाएको छ । त्यसैगरी प्रास्तवित तमुवान प्रदेशका आदिवासी जनजाति संघ–संस्थाहरुको भेलाले बृहत जन प्रर्दशन समेत तयारी रहेको केन्द्रीय अध्यक्ष रेशम तमुले जानकारी दिए ।जातीय पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान” निर्माणका लागि  तमु ह्युल छोँज धिं गुरुङ राष्ट्रिय परिषदले तमुवान जागरण अभियान संचालन गर्ने भएको छ । संस्थाले तमु जातिको पहिचान नयाँ बन्ने संविधानमा समेट्नु पर्ने भन्दै यहि तमुवान जागरण अभिायन अन्तर्गत बैशाख ११ गते पश्चिमाञ्चल क्षेत्रबाट बृहत मोटर साइकल ¥याली आयोजना गर्ने भएको छ ।राष्ट्रियस्तरको एक मात्र सामाजीक संस्थाले आयोजना गर्न लागेको पश्चिमाञ्चल स्तरीय बृहत मोटरसइकल ¥यालीको तयारी अन्तिम चरणमा पुगेको तमु ह्युल छोँज धिं गुरुङ राष्ट्रिय परिषद पश्चिमाञ्चल क्षेत्रीय प्रमुख लेफटीनेट यमबहादुर तमुले जानकारी दिए । प्रस्तावित तमुवान क्षेत्रका तमुहरुलाई जागरुक बनाउने उद्देश्यले बैशाख ११ गते हुने मोटरसइकल ¥यालीमा स्याङजा, रुपेन्देही, नवलपरासी, गोर्खा, चितवन, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, लम्जुङ्ग लगायत जिल्लाका तमुहरुको सहभागिता बताएको छ । ¥याली स्याङ्जाको मिर्मिबाट वालिङ्ग, पुतलीबजार हँुदै पोखरा, चितवनको मुग्लिङ्गबाट शुरु भई दमौली हुदै पोखरा र पर्वतको कुस्माबाट पोखराको सभागृहमा आई भेला गराइने छ । त्रिकोणत्मक रुपमा १५ सय को संख्यामा पोखरा भित्रिने मोटरसाइकल ¥याली पोखराको चिप्लेढुंगामा आई समापन हुने जनाएको छ ।

Post a Comment

 
Top