पोखरा उपमहानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने ५३ वर्षीय कृष्णप्रसाद बरालको ट्रयाक्टर दुर्घटनामा परि मृत्यु भएको छ । कास्कीको सिल्दुजुरे ९ काभ्रेडाँडाको उकालोमा गुडिरहेको ट्रयाक्टर अचानक व्याक हुँदा बाटोमा हिंडिरहेका बराल ट्रयाक्टरको चक्कामुनी परेका थिए । त्यसपछि गम्भीर घाइते भएका बरालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
ग१त ३४०३ नं. को उक्त ट्रयाक्टरले सिल्दुजुरेबाट ढुङ्गा लिएर पोखरा तर्फ आउँदै गर्दा बराललाई ट्रयाक्टरले ठक्कर दिएको हो । बराल ट्रयाक्टर व्यवसायी भएकाले त्यस क्षेत्रबाट ढुङ्गा ल्याउने काम गर्दै आएका थिए ।
सोमबार पनि मोटरसाइकल लिएर त्यसतर्फ गएकोमा मोटरसाइकल बिग्रिएपछि अर्को ट्रयाक्टरमा राखेर पोखरा तर्फ ल्याउँदै गरेका थिए । सोही क्रममा उनलाई अर्का ट्रयाक्टर व्यवसायी कृष्णबहादुर गुरुङको ट्रयाक्टरले किचेका कारण मृत्यु भएको बरालका आफन्त शिरोमणि बरालले जानकारी दिए । दुर्घटनापछि ट्रयाक्टर चालक चौधरी फरार रहेकाले निजको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । स्व. बरालकी श्रीमती र दुई छोरा ररहेका छन् ।

Post a Comment