योजना अनुरुप नै काम हुने हो भने पोखराका बासिन्दाले अबको तीन वर्षमा शुद्ध खानेपानी पाउनेछन् । पाईपबाट सिधै आउने पानीको गुणस्तर प्रशोधन गरिएको पानी भन्दा कम हुने छैन । पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारकै हुने नेपाल खानेपानी संस्थानले यस्तो दाबी गरेको छ । पोखरामा आउने पानीको शुद्धिकरणसँगै सुदृढिकरण गर्ने गरि आगामी तीन वर्षको योजना सोमबार संस्थानका अध्यक्ष डा. परमेश्वर खनालले सार्वजनिक गरे । उनले भने–‘योजनाको लागि हाल पहिलो चरणको अध्ययन सर्भे भैरहेको छ । करिब ९ महिनासम्म यो योजनाको लागि वृहत डिजाईन हुने र त्यसपछि काम शुरु हुनेछ ।’ यो योजना अन्तर्गत खानेपानी संस्थाले पोखरामा दीर्घकालिन रुपमा पानीको समस्या नहुने गरि काम गर्ने जनाएको छ । पोखरामा खानेपानी सुदृढिकरणकै लागि जापान अन्तराष्ट्रिय सहयोग निकाय जाईकाले ३ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराएको छ । पानीको शुद्धिकरण र सुदृढिकरणका लागि यो योजना अन्तर्गत करिब तीन स्थानमा रिजरभ्वायर बन्दैछ । जहाँ पानीको शुद्धिकरण हुनेछ । अहिले विध्यवासिनी नजिकैको रिजरभ्वायर बाट मात्रै पानीको वितरण हुँदै आएको छ । ‘पहिलो चरणमा हामीलाई प्राविधिक रुपमा उपयुक्त जग्गा उपलब्ध गराउने कुरा चुनौती बनेको छ ।’ डा. पोखरेलले भने–‘सर्भे सकिएसँगै प्रस्तावित जग्गा उपलब्ध गराउन सबैको सहयोग हुने हामीले अपेक्षा गरेका छौँ ।’
योजना अन्तर्गत मर्दी बाँध मर्मत तथा पाईप बचाउ कार्यका लागि करिब चार करोड रुपैयाँको निर्माणकार्य हुँदैछ । यस्तै वडा नम्बर १७ को खानेपानी समस्याको लागि करिब १ करोड रुपैयाँ लागतमा डिप ट्युबेल तथा घारीकुलो खानेपानी योजना संचालनहुँदैछ । त्यसैगरि हेमजाको खानेपानी आपूर्ति सहज गराउनका लागि ४ करोड रुपैयाँको छुट्टाईएको संस्थानले जनाएको छ । जुन खानेपानी योजना पुरा भएपछि करिब ५ हजार घरधुरी प्रत्यक्ष खानेपानीको सुविधा प्राप्त गर्नेछन् ।
यस्तै पोखराको वितरण प्रणाली सुधार गर्न पस्र्याङसम्म विस्तारित २० ईन्चको पाईप जिरो किलोमिटरसम्म विस्तार हुनेछ । वडा नम्बर १०, १४ र १८ को लागि कुँडहरमा डिप ट्यूववेल निर्माण हुनेछ भने वडा नम्बर ११, १२ र १३ को लागि माटेपानीमा ओभरहेड पानी ट्याङ्की निर्माणाधिन नै छ । रामबजारदेखि ढुंगेसाँघुसम्म मेन पाईप लाईन नै विस्तार गरिने संस्थानले जनाएको छ । पोखरामा अहिले दैनिक ४ करोड १० लाख लिटर पानीको माग रहेको छ । यद्यपि वितरणको हिसाबले यति मात्रामा पानी पोखरेलीले पाईराखेका छैनन् । हाल पोखरामा दैनिक मर्दीखोलाबाट साढे तीन करोड लिटर, भोटेखोलाबाट डेढ लाख लिटर र धारापानीबाट चार लाख लिटर पानी आएको संस्थानले जनाएको छ । यद्यपी जनसंख्या वृद्धिसँगै केहि समयभित्रै पोखरामा खानेपानीको माग बढ्ने सङ्केत संस्थानले गरेको छ । यो योजना सकिएसँगै पोखरामा खानेपानीको वितरण र शुद्धतामा गुनासो नआउने खानेपानी संस्थानले विश्वास लिएको छ । पोखरास्थित खानेपानी संस्थानका निमित्त प्रमुख दिनेश्वरप्रसाद यादवले हाल पोखरामा खानेपानी वितरणको समस्या पनि रहेको बताउँदै यो योजना पुरा भएसँगै त्यस्तो नहुने आशा व्यक्त गरे ।

Post a Comment