गोल्डेन न्यूज
पोखरा ४ वैशाख ।
पञ्चासे क्षेत्रमा बढ्दै गएको चोरी शिकारी र जडिबुटी तस्करीप्रति स्थानीयहरु चिन्तित भएका छन् । पञ्चासे संरक्षित वन मूल परिषदको आयोजनामा पन्चासेमा सम्पन्न पञ्चासे चोरी शिकार प्रतिरोध सञ्जाल गठन कार्यक्रममा स्थानीयहरुले यहाँको वन, जडिबुटि लगायत जैविक विविधता संरक्षण गर्न कडाई गर्नुपर्नेमा जोड दिए । पन्चासेमा विभिन्न प्रजातिका ५ सय ८९ वनस्पती, १ सय ७ औषधिजन्य विरुवा र विभिन्न जंगली जनावर पाउन सकिन्छ । संसारमै नपाइने २ थरिका सुनाखरी पनि यहाँ छ । जिल्ला वन कार्यालय कास्कीका प्रमुख जिल्ला वन अधिकृत प्रभात सापकोटाले स्थानीयको सक्रियता विना कुनै पनि क्षेत्रको संरक्षण हुन नसक्ने बताउदै मानिसको अस्तित्वको लागि पनि पारिस्थितिकीय प्रणालीलाई जिवीत राख्नुपर्नेमा जोड दिए । पञ्चासे संरक्षित वन मूल परिषदका अध्यक्ष गोपाल गुरुङले स्थानीयहरु गस्तिमा हिड्न थालेपछि चोरी शिकारी तथा तस्करीमा ७० प्रतिशत कमि आएको जानकारी दिए । पन्चासे चोरी शिकार प्रतिरोध सञ्जालका संयोजक प्रेम बहादुर गुरुङले यस क्षेत्रमा हुने आगलागी, विना योजना ग्रामिण बाटो निर्माण र बसाईसराई पनि चुनौतीको रुपमा देखापरेको उल्लेख गरे । हरियो वन कार्यक्रम पोखराका कार्यक्रम अधिकृत लिलाजंग गुरुङले स्थानीयहरुसँग सहकार्य गरि वन संरक्षणका विभिन्न कार्यक्रम गरिरहेको बताए । स्याङ्जा, कास्की र पर्वतमा अवस्थित पन्चासेमा करिव ६४ हजार जनसङ्ख्या छ । पेरिफेरि सहित १७ गाविसमा ५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेको छ । यसमध्य १ हजार ७ सय हेक्टर सामुदायिक वन र ३ हजार ८ सय हेक्टर राष्ट्रिय वन छ । ७८४ मिटर देखि २ हजार ५१७ मिटरसम्मको उचाईमा रहेको यस स्थानबाट कास्की, स्याङ्गजा र पर्वतका सदरमुकाम लगायत एकै ठाउँबाट सबैभन्दा बढी हिमाल देखिन्छ । माछापुच्छ«े विकास संघका कार्यकारी निर्देशक दिल बहादुर भट्टराईले स्थानीयहरुलाई आयआर्जनका विकल्पहरु प्रदान गरि खुला चरिचरण रोक्न सके वन संरक्षमा टेवा पुग्ने बताए ।
यसैबीच पन्चासेमा सम्पन्न कार्यक्रमले प्रेमबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय पन्चासे चोरी शिकार प्रतिरोध सञ्जाल गठन गरेको छ । बैठकले भदौरे, घाटीछिदा, पुम्दीभुम्दी, बाँगेफड्के र पर्वतमा ५ वटा नाकाका स्थानीयलाई समेटेर सञ्जाल गठन गरेको हो । सचिवमा मिननाथ बराल, कोषाध्यक्षमा राधादेवी गुरुङ रहेका छन् । सदस्यहरुमा देउ बहादुर घले, दुर्गा बहादुर घले, प्रेम बहादुर गुरुङ, रामकृष्ण गुरुङ, विष्णु माया गुरुङ, लालहादुर नेपाली र खिम कुमारी गुरुङ रहेका छन् । चोरी शिकारी नियन्त्रणका लागि स्थानीयहरुले २ वर्षदेखि नै नियन्त्रण इकाईहरु गठन गरिसकेका थिए । सञ्जालले मुल परिषदको उपसमितिको रुपमा रहेर कार्य गर्ने छ । पन्चासे संरक्षित वन कार्यक्रम, जिल्ला वन कार्यालय कास्की तथा डब्लु डब्लु एफ हरियो वन कार्यक्रमको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

Post a Comment