0
विवेक त्रिपाठी
पछिल्लो समयमा नेपालको शिक्षाको विकासका लागी सरकारीले भन्दा निजी विद्यालयले योगदान दिएको भन्ने चर्चा गर्नेहरु छन् । निजी विद्यालय संचालकहरु पनि नेपालको शैक्षिक स्तर उठाउन निजी विद्यालय कै योगदान दावी गर्दछन् । निजी स्तरबाट सन्चालन भएका निजी विद्यालयहरु अर्थात बोर्डिङ स्कुलहरु भन्ने गरिन्छ । नेपालको शिक्षाको स्तरमा ठूलो योगदान पु¥याउने महत्वपूर्ण भूमिका खेल्दै आएको निजी विद्यालयहरु सन्चालकहरु नै बनाउ छन् ।
व्यवसाहिक दृष्टिकोणबाट आर्थिक लगानीद्धारा निर्मित विद्यालयहरु जस्ले नेपालको शिक्षाको बुद्धिमा ठूलो भूमिका खेल्दै आएको त छ तर वेला वेलामा ढाड नै सेक्ने गरि हुने मुल्य बृद्धि महंगी शिक्षामा रुपान्तरित हुदै गईरहेको छ । उच्च मनोवलका साथ शैक्षिक माफियाहरु खुलमखुला ब्रमलुट मच्याउन थालिरहेका छन् । तर किन विद्यार्थी आन्दोलन र यस्ता कुराले गरिवका छोराछोरी अनि सर्वहारा वर्गका वालवालिकाहरुको पहुँच भन्दा निकै टाढा रहदै आएको तितो यर्थाथ हो ।
सरकारले सवैका लागि शिक्षा भनिरहदा गरिव श्रमजिवि सर्वहारा हुदाखादा र हुने खानेका बालबालिकाहरुका निम्तीकित्ता काट जस्तै देखिएको छ । यो सारा शिक्षा प्रकृयाले गरिवका छोरा छोरी सरकारी विद्यालय पढ्छन् र हुनेखानेका छोराछोरीहरु बोर्डिङ स्कुल तथा निजी विद्यालयमा अध्ययन गर्छन । अझ भनौ सरकारी विद्यालयमा पढाउने कति पय शिक्षकका छोराछोरीहरु निजीविद्यालयमा पढाईरहेको देख्न सकिन्छ । खयर निजि विद्यालय र सरकारी विद्यालयकाविच धेरै कुराहरुले असर पारेको छ ।
तर यहाँ के कुरा उल्लेख गर्न चाहान्छु भने वास्तवमा निजी विद्यालयहरु निजि तवरबाट सञ्चालित छन् जसकारण व्यवसाहिक परिदृष्यबाट मात्रै हेरेको देख्न सकिन्छ । नयाँ शैक्षिक सत्रको सुरुवात सँगै निजिविद्यालयहरुले विद्यार्थी र अभिभावकहरुलाई आर्कर्षण गर्नकानिम्ती ठुला–ठुला विज्ञापन गरिरहेका छन् । धेरै अभिभावकहरुले पनि आफ्नाबाबु नानीहरुको उज्जवलभविष्यको सपना सजाउदै निजी विद्यालयहरुको ढोकाहरु ढक्ढकाई रहनु भएको छ ।
जहाँतपाँई छोराछोरीको भविष्यबनाउनकानिम्ति राम्रो विद्यालय कहाँ होला भन्दै खोज्दै हुनुहुन्छ तर विडम्बना तपाँईहरु आफ्ना स–सानाबाबु नानीहरुलाई शिक्षित बनाउने सपना त साकार होला तर तिबाबु नानीहरु पढ्दा आउने आर्थिक विलको बोझले तपाँई सवैलाई सताइ रहेको छ । यो शैक्षिक सत्रको सुरुवात सँगै कतिपय निजी विद्यालयहरुले तोकेको मुल्य भन्दा निकै बढी शुल्कअशुल गरेर विद्यार्थी भर्ना गर्न बाध्य पा िररहेको छ । यो सँगै विद्यार्थी आन्दोलनका नेता संगठनहरुले पनियसको विरोध गरिरहेका छन् । धेरै तिरबाट यो क्रमको विरोध चलिरहेको छ ।
निजी विद्यार्थीहरुले शैक्षिक गुणस्तर त विकास गरिरहेको छ । तर त्यो सँगै जोडिएका अभिभावक, शिक्षक र अन्यथुप्रै थरी निकायहरु पिडामा बाँचिरहेका छन् । नयाँ शैक्षिक सत्रको सुरुवात सँगै हरेक वर्ष जस्तै उठ्ने विषय वस्तुहरुले यति वेल ापनि प्रश्रय पाएको छ । निजी विद्यालयहरुले फरक फरक पाठ्यपुस्तकहरु आफ्नो अध्ययन सामाग्री अन्तर्गत राख्ने गरेको पाहिन्छ । अनित्यो पुस्तकपनि स्वयम विद्यालयबाट नै किन्नु पर्ने वा नजिकैको पुस्तकपसलमा रिफर गर्ने र रिफर गरेकै भरमा पुस्तक पसलहरुबाट साहजै कमिशनमाग्ने कमिशनको खेलो गरिरहेको पाईन्छ ।
केही निजी विद्यालय र यसका सञ्चालकहरुले पुस्तकमा मात्र नभएर पोशाकका विषयमा पनि कतै कतै कमिशनको खेल जोडिएको देख्न सकिन्छ । यो अराजकता र निजिविद्यालय संचालनगर्ने हरुको विचौलिया मानसिकता ले पनि उपभोक्ताहरु ठगिरहेको छन् । बेलाबेलामा निजी विद्यालयहरुका गुनासो नि सुन्न सकिन्छ । चरमश्रम शोषण गर्ने, उचित पारिश्रमिक नदिने, जागिरबाट निकाल्ने जस्ता धक्कीदिने पिडितहरु गुनासो गर्दछन् । शिक्षा जस्तो संम्वेदनशील र सम्माननीय क्षेत्रमा समेत यस्ता काला क्रतुतहुनाले सम्रग शिक्षा क्षेत्र नै धरासाहीहो किभन्ने भान पर्दछ । देश भर करिब ७२ जिल्लामा करिव नौ हजार निजीविद्यालयहरु सञ्चालनमा रहेको पाहिन्छ । कतिपय निजिविद्यालयहरु त अझ कर तिर्नु पर्ने डरले ईजाजतविना नै कक्षा सञ्चालन गरीरहेको पनियदाकदा देख्न पाहिन्छ ।
यसरी केही निजिविद्यालयहरुले आर्थिक लाभका निम्ती गरेका चरम शोषणको विरुद्धमा सम्पूर्ण अभिभावक , विद्यार्थी, विद्यार्थी संगठन र सरकारी निकाय सम्पूर्ण एकै बद्धताका साथलाग्न जरुरी देखिन्छ । राज्यलाई आफूलाई तिर्ने कर बाट मुक्तिखोज्ने तर आफुले अभिभावकहरुको ढाड नै सेक्ने गरि उठाउने शुल्कअनि वेलावेलामाजाने महङ्गो विल नै अभिभावकका निम्ती निकै चिन्ताको विषय बनेको छ । आफ्नो बालबालिकाहरुलाई उच्च शैक्षिकव्यत्तित्व त बनाउन चाहान्छन तर शिक्षामा सरकारी स्तरका विद्यालयहरुको उदासनीता र खस्कदो स्तरकाकारण नीजिविद्यालयमा आफ्ना वालवालिकाहरुलाई पढाउन वाध्य छन् अभिभाकहरु ।
पछिल्लो समय निजिविद्यालयहरुको प्रतिफल राम्रो भएकै कारण अभिभावकहरुको आर्कषण त बनेका छन् तर शैक्ष्कि सफलता सँगै तोकिएको भन्दानिकै बढी आर्थिक भार बोकाउनकाफीदरिलो तरिकाले यो अवसरको दरिलो फाइदा उठाइरहेका छन् केही निजिविद्यालय र सञ्चालकहरुले । देशको मुख्यभाग राजधानीमा समेत करिब ५० भन्दा बढी निजिविद्यालयहरुमा करिब ११ प्रतिशत देखि ४१ प्रतिशत सम्मशुल्क बृद्धि गरिरहदापनि सरोकार वालानिकायहरु किनमौन जस्तै देखिरहेका छन् ।
किनशिक्षा जस्तो सम्वेदनशील क्षेत्रमायत्रो चरम लापरवाही भैरहदाजिम्मेवार निकायहरुमा किन आवजविहिनताको सन्नाटा छाहिरहेको होला एकपटक सोच्न जरुरी छ । सरकारी विद्यालयहरुमा पठन पाठन राम्रो नहुने आरोप पनिलागिरहेको छ । किन सरकार र यसका निकायहरुले छानविन गर्न खोन्दैनन् र छानविन अनि दोशीलाई कारवाही र सुधारका उपाएहरुलाई किन अवलम्व नगर्न कदमहरु चालिदैनन् । यि विषयलाई पनि हामी सवैले एकपटक गम्भीर भएर सोच्न आवश्यक छ । अन्तमा नेपालको शैक्षिक विकासमा निजिविद्यालयले ठूलो भुमिका खेलिरहेको छ ।
तर केही निजीविद्यालहरु आर्थिक प्रलोभनका कारण शिक्षा जस्तो गम्भीर विषयमा पनि दलाल मानसिकताका काला मुखौटाहरु पहिरियर ब्रमलुट मच्चाइएको कतै कतै देख्न सुन्नपाईरहेको छ । जसले गर्दा निजि स्तर बाट सञ्चालित विद्यालयहरुमा नै प्रश्नचिह्न उब्जियको छ । अबयसको उत्तर खोज्न जरुरी छ । यो सँगै यस्ता कु्राहरुको अन्त्यगर्दै नेपालको शैक्षिक स्तर विकास गराउनहामि सवैले आफ्नो स्तरबाट उचितपहलगर्न जरुरी देखिन्छ । र सरोकारवाला निकायहरु पनि यस्तो कुरुतीको कालो धब्बाको मुखौटालाई हटाउन प्रयत्नमालाग्न जरुरी छ ।

Post a Comment

 
Top