0
आन्दोलनमा रहेको विद्यार्थी संगठनहरुले पोखराको ह्याप्पी बोडिङ स्कुलमा तोड्फोड् गरेका छन् । विद्यार्थीहरुले नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकहरुको ढाड सेक्ने गरी गरिएको चर्को शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले विद्यालय तोड्फोड गरेका हन् । विद्यालय तोड्फोड्को क्रमममा अनेरास्ववियू कास्की अध्यक्ष शेखर गौतम सामान्य घाइते भएको अनेरास्ववियु भूगोल जिल्ला कमिटिका सचिव राजेन्द्र बसौयाले जानकारी दिए । आक्रमणको विरोध गर्दै अनेरास्ववियू कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ–‘अनेरास्ववियू चर्को शुल्क वृद्धिको विपक्षमा र विद्यालयहरु वैधानिक रुपमा सञ्चालन गरी विद्यालय सञ्चालन ऐन कार्यान्वयन गराउने पक्षमा रहेको छ ।’ जिल्ला शिक्षा कार्यालयसँग गरिएका विद्यार्थी संगठनहरुले गरेका अवैधानिक विद्यालय बन्द गराउने सम्बन्धका, पाठ्यपुस्तकमा भैरहेको कालोबजारी रोक्ने सन्दर्भका निर्णयहरु र शुल्क समायोजन सम्बन्धी निर्णयहरु तत्काल कार्यान्वयन गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँद छांै विज्ञप्तिमा भनिएको छ ।

Post a Comment

 
Top