पोखरा र आसपासका क्षेत्रमा मंगलबार दिउसो परेको असिना पानीले तरकारी बालीमा क्षति पु¥याएको छ । दिउसो साढे २ बजे तिर परेको असिनाले पोखराका विभिन्न स्थलमा किसानले लगाएका तरकारी र फलफूल वालीमा क्षति पुगेको छ । पोखराको पस्र्याङ, मालेपाटन, मासबार, चाउथे, हेम्जा लगायतका क्षेत्रमा लगाईएका काक्रो, घिरिम्लो, लौका लागतका तरकारी बालिमा असर गरेको छ भने सुन्तला, कागती, लिचि लगाएतका फलफुलको फूल खेल्नेमा नै असरको किसानहरुले बताएका छन् । कास्कीमा परेको असिनाले तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति गरेको किसानहरु बताउ छन् । असिनाबाट कति क्षेति भयो भन्ने सबै विवरण आइनसकेको र बुधबार सम्ममा सबै विवरण आउने जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोइरालाले जानकारी दिए । उनले असिनाले बेमौसमी तरकारीमा समेत असर गरेको बताए । असिना पानीले पोखरा मुख्य बजारमा केहि बेर यातायात समेत अवरुद्ध भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment