पोखराकी एक बालिकालाई ललाई फकाई करणी गरेको भन्दै कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । स्याङजा मनकामना गाविस ३ घर भै हाल पोखरा १५ बस्ने १८ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बलत्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवर्जस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । गुरुङले बालिकालाई टिभि हेर्न आफ्नो कोठामा लगि मिठाइ खान दिइ जवर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि पोखरा १६ वर्षीय एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितवन कठार घर भै हाल पोखरा १७ डेमसाईड बस्ने १८ वर्षीय सेरी जोवा चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment