उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जस्तोसुकै मूल्य चुकाएर भएपनि दोस्रो संविधानसभा बाट संविधान जारी गरी छाड्ने बताएका छन् । उनले यो संविधान सभालाई असफल हुन नदिने भन्दै जस्तो सुकै बलिदान गरेर पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने स्पष्ट पारे । नेकपा एमालेको नेपाल मुस्लिम इत्तेहाद संगठन गण्डकी समन्वय समितिको कार्यकर्ता भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै गृहमन्त्री गौतमले सरकारको पहिलो प्राथमिकता नै संविधान निर्माणको वातावरण बनाउने रहेको बताए । ‘संविधान लेखर ठिक्क छ,’उनले भने–‘संघीयताका कुरा मिल्ने वित्तिकै संविधान जारी हुन्छ,सहमति खोज्नका लागि नै संविधान सभाको बैठक स्थगित गरेको हो ।’
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले संविधान सभाको बैठक पनि स्थगित हुने र सहमति पनि नहुने हुने भने संविधान बनाउन नचाहाने शक्ति हावी हने खतरा भएको बताउँदै जनताको अधिकार सुनिश्चित भएको संविधान निर्माणमा नेकपा एमालेसहित सत्तारुढ दल गम्भीर भएको बताए । गौतमले तराईमा दुई प्रदेश नवलपरासीदेखि बर्दियासम्म र पर्सादेखि सप्तरीसम्म गरी दुई प्रदेश र तराई पहाड मिलेको चार र एउटा तराईले नछोएको प्रदेश गरी सात प्रदेशलाई अगाडि सारेको बताए । ‘तराई मात्र एक प्रदेश बनाउन सकिंदैन’,उनले भने–‘साझा पहिचान भएको हिमालदेखि तराई समेटेर संघीयता निर्माण गर्नुपर्दछ ।’ नेपालको संघीयता अरु कुनै देशको नक्कल नभई आफ्नै मौलिक हुने बताउँदै उनले एमाओवादीले भनेजस्तो जातीयताको आधारमा कुनैपनि हालतमा संघीयता बनाउन नसकिने स्पष्ट पारे । निर्वाचनका प्रतिष्पर्धी दल नेपाली काँग्रेस र नेकपा एमाले संविधान निर्माणकै लागि एक ठाउँमा उभिएको बताउँदै सहमति नभए दुई तिहाईबाट नै संविधान जारी गर्ने बताए । ‘हामीलाई संविधान सभामा ४ सय ५० सभासदको समर्थन छ’, उनले भने–‘अधिकतम प्रयास गर्दा पनि सहमति नभए, प्रक्रिबाटै संविधान जारी गर्छाैं ।’ उनले दोस्रो संविधान सभाबाट पनि संविधान बन्न नसके नेपाली काँग्रेस र एमालेले केही गर्न नसक्ने ठाउँमा पुग्ने बताउँदै उहाँले संविधान सभालाई असफल हुन नदिने प्रतिबद्धता जनाए । लामो समय राजनीतिक समस्यालाई बल्झाई राख्न नहुने भन्दै उनले अब सबै पार्टीहरुले उत्पादन र निर्माणलाई जोड दिनुपर्ने धारणा राखे । ‘संक्रमणकालिन अवस्था लम्बिंदा देशको विमासमा प्रभाव परेको छ’, उनले भने–‘नेपाली समाज पुँजीवादी जनवादी व्यवस्थामा प्रवेश गरेकोले अव उत्पादन र निर्माणमा जोड दिनुपर्दछ ।’ जातका आधारमा कसैलाई पनि विभेद गर्न नपाईने भन्दै नेता गौतमले छूवाछूत गर्न सामाजिक अपराध भएको बताए । उनले नेपालका रहेका हरेक जातजातिको अधिकारलाई संविधानमा सुनिश्चित गरेर न्याय र समानता मुलक समाज निर्माण गर्ने बताए । नेपाल मुस्लिम इत्तेहाद अञ्चल भेला आयोजक समितिका संयोजक कलिला खानको अध्यक्षतामा कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी इन्चार्ज जगत विश्वकर्मा, सह–इन्चार्ज मायानाथ अधिकारी, एमाले तनहुँ अध्यक्ष केदार सिग्देल, आयोजक कमिटी सदस्य नासिर खान लगायतले बोलेका थिए ।

Post a Comment