नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले कोही छुट्छन् भन्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । नेपाली काँग्रेस पोखरा उपमहानगरपालिका कार्यसमितिले शनिबार नयाँवर्ष २०७२ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले संविधान निर्माणका लागि अधिकत सहमति अपनाउनै छौं उनले भने– सहमतिमा नआए छुट्ने छुट्दै गर्छन् संविधान निर्माण अगाडि बढ्नेछ । संविधान आउने सुनिश्चिता भएको उनले विश्वास दिलाए । गर्जिएर हिंडेको एकीकृत नेकपा माओवादी सहितको मोर्चा पनि अहिले फर्किएर आएको छ उनले भने–‘गर्जिएको मोर्चालाई फर्किन नदिने प्रयास गर्ने छांै, यदि फर्किए भने पनि संविधान निर्माण प्रक्रिया अगाडि बढ्ने छ । खेलको मैदानमा छिरेपछि खेलबाट कोहि भाग्न खोज्छ भने त्यो खेलबाटै छुट्ने उनको भनाई थियो । राजनीति पनि एक किसिमको फुटबल खेल हो संविधान वनाउने खेलमा छिरेपछि त्यो खेलबाट कोही पनि भाग्नुहँुदैन उनले भने–फुटबल मैदानमा छिरेर घरि चेस खेलौं भन्ने त घरि गोलपोष्ट सारौ भन्ने भनेर अल्झाउने काम गर्न हुँदैन । उनले माओवादी जस्तो उत्तेजनामा आउने र एमाले जस्तो जवाफ फर्काउँदै हिंड्ने पार्टी काँग्रेस नरहेको स्पष्ट पारे । माओवादी उत्तेजनामा आएर वोल्छ र एमाले त्यसको प्रतिपाद गर्दै हिड्छ उनले भने–‘काँग्रेसलाई ठूलो जिम्मेवारी छ हाम्रो पार्टी उत्तेजनामा पनि आउँदैन र प्रतिपाद गर्दै पनि हिंड्दैन । संघीयतामा सहमति जुट्न नसक्दा संविधान निर्माणमा ढिलाई भएको उनको भनाई थियो । संविधानका सबै विषयवस्तु मिलिसकेका छन् केवल संघियताको सख्यामा सहमति जुट्न सकेको छैन उनले भने–‘प्रचण्ड बाबुरामलाई एउटा कोठामा र हामी अरु एक ठाँउमा बसेर संविधानको खाका बनाउन दिने हो भने खाँका संघीयता बाहेक कमा र फुलस्टिव केही फरक पर्दैन ।’ युवा नेता थापाले पार्टी भित्र मौलाएको गुटगत राजनीति पार्टीका लागि घातक हुने बताए । कि त पार्टीको विधान नै परिवर्तन गरेर पार्टीमा अब दुई गुट हुने छन् भन्नुप¥यो उनले भने–‘होइन भने पार्टीको सदस्य लिदा यो गुट र त्यो गुटको भनेर सदस्यता दिन काम तुरुन्त रोक्नुपर्दछ ।’ पार्टीको महाधिवेशन नजिकिंदै गएको सन्दर्भमा उनले महाधिवेशनले नेता जन्माउने होईन पार्टी बलियो बनाउन तर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति तथा सभासद् यज्ञबहादुर थापाले अत्याधिक अल्पमतको बन्दी अत्याधिक बहुमत हुन नसक्ने ठोकुवा गरे । सहमति प्रयास गर्ने हो कसै सहमति हँुदैन भने प्रक्रियामा जानै पर्दछ उनले भने–‘अत्याधिक अल्पमतले अध्याधिक वहुमतलाई वन्दि वनाएर राख्न मिल्दैन ।’ तासमा खेलमा हुकुमको एक्का सवै भन्दा ठूलो हुने भएको उदाहारण दिदै सभासद् थापाले भने–हामीले हुकुमको एक्का लिएर बसेका छांै, यदि सहमति हुदैन भने हुकुमको एक्का प्रयोग गरेर देखाउने छौं ।’ नेपाली काँग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्मा, सभासद् शारदा पौडेल, वृन्दा राना मगर, काँग्रेस कास्कीका नेता खेमराज पौडेल, महासमिति सदस्य सोभियतबहादुर अधिकारी लगायतले बोेलेका थिए ।
संविधान निर्माण प्रक्रिया रोकिन्न–थापा

Post a Comment