ललितपुरको नख्खु जेलमा जेल जीवन विताइरहेका एक कैदीले बिहीबार बिहान आत्महत्या गरेका छन् ।लागू औषध कारोबार अन्तर्गत जेल जीवन बिताइरहेका फ्रान्सेली नागरिक जोन पियरे सोसेले बिहान सवा पाँच बजेको समयमा आत्महत्या गरेको जेलर चक्रपाणी गौतमले अनलाइनखबरलाई जानकारी दिए ।उनी २०६१ सालमा जेल परेका हुन् । सोसेलाई सात लाख जरिवाना र १६ वर्ष कैद सजाय तोकिएको थियो ।जेलर गौतमले भने-‘पहिलेदेखि नै मौका हेरेर बसेको रहेछ, यहाँ आएको दुई बर्ष भयो । एउटै रुममा तीन जना सुत्थे बिहान अरु साथी नउठि नुहाइधुवाइ गरेर आत्महत्या गरेछ ।’ राति १० बजेदेखि बिहान पाँच बजेसम्म कैदी कोठमाबाट बाहिर निस्कन नपाउँदै भन्दै गौतमले पाँच बजे ढोका खोलेपछि आफ्नो नित्यकर्म गरेर आत्महत्या गरेको देखिएको बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment