0
इण्डोनेसिया भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी जाजरकोट लगायत क्षेत्रमा देखा परेको स्वाइन फ्लूको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
susil-koiralaजाजकोटमा फैलिएको स्वाइन फ्लू नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले जाकार्ताबाटै फोन गरेका थिए । अफ्रो-एशियाली सम्मेलनमा भाग लिन प्रधानमन्त्री कोइराला इण्डोनेसिया पुगेका छन् ।मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेकेा प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिएका छन् ।यसैबीच महामारी नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीहरुको अवस्था बुझ्न मुख्य सचिव लीलामणि पौड्याल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ बिहीबार जाजरकोट जाने कार्यक्रम छ ।   अनलाइनखबर..
ठमाडौं । इण्डोनेसिया भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी जाजरकोट लगायत क्षेत्रमा देखा परेको स्वाइन फ्लूको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
susil-koiralaजाजकोटमा फैलिएको स्वाइन फ्लू नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले जाकार्ताबाटै फोन गरेका थिए । अफ्रो-एशियाली सम्मेलनमा भाग लिन प्रधानमन्त्री कोइराला इण्डोनेसिया पुगेका छन् ।
मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेकेा प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।
टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिएका छन् ।
यसैबीच महामारी नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीहरुको अवस्था बुझ्न मुख्य सचिव लीलामणि पौड्याल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ बिहीबार जाजरकोट जाने कार्यक्रम छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




- See more at: http://www.onlinekhabar.com/2015/04/269446/#sthash.uTB17BI5.dpuf

Post a Comment

 
Top