0
बाटुलेचौर कालीलेक बचत तथा ऋण सहकारी संस्था बाटुलेचौरको आयोजनामा बाटुलेचौरमा सञ्चालित अन्तरसदस्य डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि टंक पौडेल र पुष्प तिमिल्सिनाको जोडीले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा महेन्द्र गुरुङ र पूर्ण रानाको जोडीलाई १५–६ र १५–९ को सोझो सेटमा पराजित गर्दै टंक र पुष्पको जोडीले उपाधि हात पारेको हो। उपाधि सहित टंक र पुष्पको जोडीले उपाधिसहित नगद चार हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित महेन्द्र र पूर्णको जोडीले नगद  तीन हजारमा चित्त बुझायो । यस्तै तेस्रो स्थान हासिल गरेको रबि थापा र महेन्द्र खवास तथा लक्ष्मण र ऋषि ढकालको जोडीले जनही तीन हजार प्राप्त ग¥यो । विजेता तथा उपविजेता टीमलाई संस्थाका उपाध्यक्ष तेजबहादुर गुरुङ, पूर्व वडाध्यक्ष उदयबहादुर बस्नेत, टोल सुधार समितिका अध्यक्ष कर्णबहादुर खड्कालगायतले पुरस्कार वितरण गरेका थिए । संस्थाका उपाध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक निरबहादुर थापाले धन्यवाद ज्ञापन तथा सचिव चित्रबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगितामा १५ टीमको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top