0

चव तथा पूर्व मन्त्री देवप्रसाद गुरुङले मुलुक पश्चगामी दिशातर्फ जान लागेको बताएका छन् ।  नेकपा–माओवादी कास्कीले बिहीबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव गुरुङले संसद्वादी दलहरूले देशलाई पश्चगामी दिशातर्फ लैजान लागेको आरोप लगाए । पार्टीद्वारा घोषित दुई महिने मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत मध्यपश्चिम ब्यूरोको अभियानस्वरुप आयोजित ‘कथित संविधानसभा–२ को विघटन र अधिकारसम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको गठन किन ?’ विषयक अन्तत्र्रिmया कार्यक्रममा गुरुङले दोस्रो संविधानसभाको निर्वाचनमार्फत् देशमा एक खालको प्रतिगमन भइसकेको बताए ।

Post a Comment

 
Top