0
ोन एकेडेमीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विद्याललयको स्थापनाकालदेखि नै अनवरत रुपमा कार्यरत शिक्षिका स्व.तारा के.सी.को १३ औं पुण्यतिथिमा विद्यलाय प्राङ्गणमा एक श्रद्धाञ्जली सभाको आयोजना गरियो । उक्त अवसरमा विद्यालयका सह–प्राचार्य मोतिलाल लामिछाने तथा सहप्रशासक राजु भण्डारीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए । विद्यालयको निमानुसार सेवा अवधिमै असामियक निधन भएको कर्मचारीलाई विद्यालयले प्रदान गर्ने सम्मान स्वरुपको रकम रु.२५ हजार तथा उपचार वापतको रकम रु.६ हजार गरी जम्मा ३१ हजार विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले स्व.के.सी.को ज्वाई रमेश सिंहलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक दाहालले निकट भविष्यमै स्व.के.सी.लाई मरणोपरान्त दीर्घ सेवा सम्मानद्वारा सम्मान गरिने तथा उनको योगदानलाई मध्यनजर गरी शिक्षा क्षेत्रसँग सम्बन्धित पुरस्कारको स्थापना गरिने बताए ।  विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको अध्यक्षतामा सम्पन्न शोकसभामा विद्यालयका विद्यार्थी, शिक्षिक शिक्षिका, कर्मचारी लगायत स्व. के.सी.का ज्वाई रमेश सिंह र भतिजा प्रभात के.सी.को समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गरेका थिए ।
यसैगरी अमरसिंह उच्च माविमा बिहानी सत्र कक्षा १२ मा अध्ययन पुरा गरेका विद्यार्थीहरुको लागि कक्षा ११ का विद्यार्थी तथा विद्यालयले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । उक्त अवसरमा विद्यालयको तर्फबाट अतिरिक्त क्रियाकलाप अन्तर्गत विजयी हुने विद्यार्थीहरुलाई समेत पुरस्कार समेत वितरण गरिएको थियो । अमरसिंह उच्च मावि बिहानी सत्र कक्षा–११ का विद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्यहरु प्रस्तुत गरी विदाई हुने दाजु दिदीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।       
अमरसिंह उच्च मावि कक्षा १२ का प्राचार्य डा.एलियाम्मा जोनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा बिहानी सत्रका इन्चार्ज बद्रीप्रसाद पँगेनी, मानविकी तथा शिक्षा शाखा इन्चार्ज बुद्धिमान गिरी, मावि शाखाका सहायक प्रअ तेजस्वी बराल लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक रामुप्रसाद सुवेदीले गरेका थिए ।
यसैगरी पोखरा उपमहानगर पालिका वडा नं १४ चाउथे स्थित ज्ञानगंगा एकेडेमी स्कूलको आयोजना एवं स्पर्श आयर्वेद अस्पताल पोखरा–८को प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भयो । चाउथे निवासी ७३ वर्षीय वलराम अधिकारीलाई रेकर्ड कार्ड दिएर शिविरको उद्घाटन गरिएको थियो । शिविरमा वडा नं १४ का स्थानीयवासी लगायत छिमेकी वडाका स्थानीयवासी सहित दुईसय एक जना सहभागिता भएका थिए । जाँज गरेका व्यक्तिहरुलाई अस्पतालले निःशुल्क औषधि वितरण गरेको थियो । शिविरमा डा सुर्यनाथ उपाध्यय र डा सुभद्रा कार्कीले जाँच गरेको थिए । त्यसैगरी शिविर व्यवस्थित रुपमा संचालन गर्न स्पर्श आयूर्वेद अस्पतालका प्रमुख प्रशासक तथा विद्यालयका शेयर सदस्य डम्वरवहादुर  वानियाँ, कृष्ण तिमिल्सिना, कमला गुरुङ र लुुकु थापाको उल्लेखनीय भूमिका निर्भाह गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिमराज सुवेदीले स्कूलले गुणस्तरीय शिक्षा दिनुको साथै अभिभावक र विद्यार्थीको स्वास्थ्य राम्रो वनोस भनेर पहिलो पटका विद्यालय प्राङ्गणमा निःशुल्क स्वस्थ्य शिविर गरेको वताए ।  आगमी दिनमा विद्यालयले सामाजिक क्षेत्रमा पनि कार्य गर्ने प्रधानाध्यापक सुवेदीले जानकारी दिए । स्पर्श आयूर्वेद अस्पतालका संचालन समितिका अध्यक्ष कुशुमकेशव पराजुलीले आयूर्वेद  औषधिको महत्ववारे चर्चा गरेको थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाकान्त सिग्देलेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शेयर सदस्य वीरवहादुर कार्की, डा. शुभद्रा काकी, स्पर्श आयूर्वेद  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संगिता तिमिल्सिना गौतमले वोलेको थिए भने संचानल विद्यालयका शिक्षिका लक्ष्मी घिमिरेले गरेकि थिइन ।
यसैगरी नेशनल क्रियसन एकेडेमी पोखरा–८, नागढुङ्गाको आयोजनामा शनिबार पोखरामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भरुएको छ । पोखराको मनिपाल हस्पिटलको प्राविधिक सहयोग र एकेडेमीको आयोजनामा सम्पन्न शिबिरमा विभिन्न रोगका चार सय जना भन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको एकेडेमीका शिक्षक कृष्ण थापाले जानकारी दिए ।
शिविरमा मनिपाल हस्पिटलका डा.बिष्णु नेपाली, डा.बिदुर आचार्य, डा.सन्देश पौडेल, डा.किसान जिसी र डा.कृष्ण के सी लगायतले बिरामीको उपचार गरेका थिए । साथै स्वास्थ्यकर्मीहरु बिमल नेपाली, देब बिक र सरोज भुजेलले पनि बिरामीको उपचारमा सहयोग गरेको शिक्षक थापाले जानकारी दिए । शिविरमा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाले बिद्यालयले सामाजिक उद्देश्य राखी निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेर सह्रानिय काम गरेको बताए ।
कार्यक्रममा विद्यालयका निर्देशक ज्ञानेन्द्र बहादुर थापाले शिविर सोचे भन्दा बढी सफल भएको भन्दै सहयोग गर्ने डाक्टर, स्वास्थ्यकर्मी, आमासमूह, शिक्षक–शिक्षिकाका साथै सबै कर्मचारीलाई आभार ब्यक्त गरे ।

Post a Comment

 
Top