0
सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्ना सेयर सदस्यलाई आलु वितरण गरेको छ । सहकारीले काहुँ स्थित ६ रोपनी जग्गामा लगाएको आलु ५ सय १० जना शेयर सदस्यलाई वितरण गरिएको संस्थाका कार्यवाहक अध्यक्ष विश्वराज बाँस्तोलाले बताए ।
पाँच हजार ९ सय किलो आलु रु. २५ का दरले इच्छुक शेयर सदस्यलाई वितरण गरिएको आलु खेती समितिका सदस्य माधव प्रसाद बाँस्तोला मधुले बताए । विभिन्न रचनात्मक एवं कृषि कार्यक्रम गर्दै आएको सहकारीले उक्त ६ रोपनी जग्गामा मकै खेती शुभारम्भ समेत गरिएको आलु खेती समितिका सदस्य शान्ति सिग्देलले जानकारी दिइन् । सहकारीले उत्पादन गरिएको १५ सय किलो आलु कोल्ड स्टोरमा राखिएको समितिका सदस्य रामप्रसाद कोइरालाले जानकारी दिए । कास्कीकै नमुना सहकारी सयपत्री सहकारीका संस्थापक अध्यक्ष रवीन्द्र बाँस्तोलाले सहकारी मार्फत् शेयर सदस्यलाई आयमूलक कृषि कार्यमा प्रेरणा प्रदान हुने बताएका छन् । जनकदेव, खुमलक्ष्मी एमएसएन प्रजातिका आलु लगाइएको सो ६ रोपनी जग्गा कार्यवाहक अध्यक्ष विश्वराज बाँस्तोलाले निःशुल्क प्रदान गरिएको आलु खेती समितिका सदस्य पुण्यप्रसाद पौडेलले जानकारी दिए ।आलु वितरण कार्यक्रममा धर्मराज आचार्य कृष्णप्रसाद आचार्य लगायतले सस्तो मूल्यमा आलु पाएकोमा शेयरसदस्य खुशी भएको बताएका छन् ।

Post a Comment

 
Top