0

सञ्चय बहुउद्देश्यीय सहकारी संस्था पोखराले आफ्ना शेयर सदस्यलाई सहकारी प्रशिक्षण दिएको छ । सहकारीमा संलग्न भएका नयाँ सदस्यलाई शनिबार एकदिने ‘आधारभूत सहकारी प्रशिक्षण’ दिइएको प्रवन्ध संचालक जगन श्रेष्ठले जानकारी दिए । सहकारीका अध्यक्ष नारायण कार्कीले ‘सहकारीका उद्देश्य र सिद्धान्त’का बारेमा प्रशिक्षण दिएका थिए । ‘संस्थाको कारोबार, सेवा र भावी योजना’का बारेमा प्रवन्ध सञ्चालक श्रेष्ठले र ‘सहकारी समूह निर्माणको महत्व’ विषयमा शिक्षा उपसमिति सदस्य सूर्यबहादुर गुरुङले प्रशिक्षण दिएका थिए । सो अवसरमा शिक्षा उपसमिति संयोजक गणेशबहादुर थापा, संस्थाका उपाध्यक्ष पिताम्बर शर्मा लगायतले सहकारीको महत्व र आवश्यकताका बारेमा धारणा राखेका थिए । सानो–सानो पुँजी जम्मा गरेर ठूला–ठूला काम गर्न सकिने भएकाले सहकारीको महत्व बढेको अध्यक्ष कार्कीले बताए । ‘संसारभर सहकारी संस्थाको महत्व बढिरहेको छ’–उनले भने, ‘सहकारीमा आवद्ध सबै शेयर सदस्यको हैसियत बराबर हुन्छ । कोही ठूलो र कोही सानो हुँदैन ।’ सञ्चय सहकारीमा १ हजार १ सय भन्दा बढी शेयर सदस्य आवद्ध रहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिए । ६ करोड २५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २६ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जगेडा कोषमा १ करोड १० लाख रुपैयाँ रहेको सहकारीले २८ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको प्रवन्ध सञ्चालक श्रेष्ठले जानकारी दिए । फागुन मसान्त सम्ममा सहकारीले ८८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
यसैगरी  बिहानी बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित पश्चिम नेपालका बिभिन्न सहकारी अध्ययन अबलोकन गरि शुक्रबार अबेर बिहानी टोली घरेलु शहर पोखरा  आइपुगेको छ । गत चैत ५ गतेबाट सुरु गरिएको भ्रमण बर्दियाको मातृकोष बचत तथा ऋण सहकारी, नेपाल गञ्जको भेरी सहकारी, धनगढीको नबजिबन सहकारी, घोराहीको राप्ती सहकारी,सुर्खेतको गगांमाला सहकारी लगायत बिभिन्न सहकारी अध्ययन अबलोकन गरि टोली पोखरा फर्केको छ ।
सहकारीको प्रतिस्पर्धात्मक बजारमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सहकारी सिद्धान्त तथा मुल्य र मान्यतालाई सिरोपण गर्दै बिभिन्न जातजाति पेशा व्यवसायमा आबद्ध व्यक्ति तथा समुदायलाई एकबद्ध गरी थप उचाइमा लाने कार्ययोजनाका साथ सहकारी अबलोकन गर्देै आइरहेको अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराए ।

Post a Comment

 
Top