सामुदायिक सामुदायिक वीच अन्तर सम्वन्ध कायम गर्दै नयाँ पिडिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी अध्यक्ष जीवन अधिकारीले जनकारी दिईन् । स्वास्थ्य र आपसी मेल मिलापका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा सात टिमको सहभागिता रहने अधिकारीले जनाकारी दिईन् । प्रतियोगिता सम्पन्न गर्नका लागि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका उपाध्यक्ष विष्णुबहादुर खड्गीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि एक लाख ९० हजार आठ सय ३३ रुपैया खर्च लाग्ने मूल आयोजक समितिका संयोजक खड्गीले जनाकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई २२ हजार दुई सय २२ शिल्ड मेडल प्रमाण पत्र र द्वितीय हुनेलाई ११ हजार एक सय ११ रुपैयाँ शिल्ड मेडल प्रमाण–पत्र रहेको खेलकुद उपसमिति संयोजक शिवराज अधिकारीले जनाकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र अनुशासित टिमलाई आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ । पुरानो टँुडिखेल खेल मैदानमा हुने उक्त प्रतियोगितामा टीम दर्ता शुल्क दुई हजार पाँच सय राखिएको छ ।
Post a Comment