0
तीस दलीय मोर्चाले आइतबार पोखरामा प्रर्दशन गरेको लाठी जुलुशको मारमा पोखराका पत्रकारहरु पनि परे । लाठी जुलुसमा सहभागी एक एमाओवादी नेताको निर्देशन अनुसार पत्रकार राजबहादुर गुरुङको गाडी फोडियो । गुरुङले आफू प्रकाशक÷सम्पादक रहेको युनाइटेड दैनिकको कार्यालय अगाडि सडक छेउमा गाडी पार्किङ गरेर जुलुसको तस्वीर खिच्दै गर्दा उनकै गाडीमा एक्कासी लाठी र इट्टा प्रहार गरिएको थियो । उनको ग१च ३२३६ नं. को गाडीको अगाडिको सीसा फुटेको र पछाडिको भाग कुच्चिएको छ । तोडफोडबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति पुगेको गुरुङले बताए । सोही जुलुसको भिडियो खिच्दै गरेका अर्का पत्रकार इन्द्रप्रसाद पौडेलपनि प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तमा परे । कान्तिपुर टेलिभिजनमा आवद्ध पौडेलले प्रदर्शनकारीले गाडी तोडफोड गरेको र त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथिे लाठी चार्ज गरिरहेको दृश्य खिच्नेक्रममा प्रहरीको दुव्र्यवहार खेप्नुपरेको थियो । हाम्रोमात्र दृश्य खिच्ने ? भन्दै प्रहरीले आफूलाई कुटपिट समेत गरेको पत्रकार पौडेलले गोल्डेन न्यूज दैनिकलाई बताए । उक्त घटनापछि जम्मा भएका केही युवाहरुले सडक छेउमा पार्किङ गरिएका गाडी एवं पत्रकारमाथि भएको दुव्र्यवहारको विरोध गर्दै प्रदर्शनकारीको कार्यालय समेत तोडफोड गर्ने चेतावनी दिएको भएपनि उनीहरुलाई संयमतापूर्वक अघि बढ्न आफूले सुझाएको पत्रकार गुरुङले बताए । अन्यथा अर्को अप्रिय घटना हुन सक्थ्यो उनको भनाइ थियो ।
पत्रकार गुरुङको गाडी तोडफोड गरिएको र पत्रकार पौडेलमाथि भएको दुव्र्यवहारका विषयलाई लिएर पोखरास्थित विभिन्न संस्थाहरुले छुट्टा–छुट्टै विज्ञप्ति सार्वजनिक गरि आपत्ति जनाएका छन् । विज्ञप्तिमा दोषीमाथि कार्वाही गर्न र क्षतिपूर्ति उपलव्ध गराउन समेत माग गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको तर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवालीले जारी गरेको विज्ञप्तिमा तीस दलीय मोर्चाले आइतवार पोखरामा प्रर्दशन गरेको लाठ्ठी जुलुशको समाचार संकलन गर्न गएका कान्तिपुर टेलिभिजनका पत्रकार ईन्द्र पौडेल माथि प्रहरीले कुटपिट गरेको घटनाप्रति दुःख व्यक्त गर्दै स्वतन्त्र पूर्वक समाचार संकलन गर्ने वातावरण बनाउन माग गरेको उल्लेख छ । साथै विज्ञप्तिमा तीस दलीय मोर्चाका कार्यकर्ताहरुले पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ्गको पोखराको न्युरोडमा पार्किङ्ग गरी राखेको निजी कारमा तोडफोड गरेको र यस्ता घटना नदोहो¥याउन सचेत गराराइएको छ । यसैगरी नेपाल प्रेस युनियन कास्कीको तर्फबाट अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा युनियनका केन्द्रीय पार्षद राजबहादुर गुरुङको गाडीमा भएको तोडफोडको घटनाप्रति खेदव्यक्त गर्दै तत्काल क्षतिपूर्ति दिलाउन सम्वद्ध पक्षसंग माग गरिएको छ । विज्ञप्तिमा लाठी जुलुशको समाचार संकलन गर्न गएको कान्तिपुर टेलिभिजनका पत्रकार ईन्द्र पौडेलमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति आपत्ति प्रकट गर्दै निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण बनाउन आन्दोलनरत पक्ष र राज्यपक्षसँग जोडदार माग गरिएको छ । त्यसैगरि युनियनले ज्योतिष भविष्यवाणी साप्ताहिक पत्रिकाको कार्यक्रयमा गत शुक्रबार राति तोडाफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तोडफोड गर्नेलाई तत्काल खोजी गरि कारावहि गर्न माग गरिएको छ । यसैगरी प्रेस चौतारी कास्कीले चौतारीको तर्फबाट सचिव अर्जुन गिरीद्वारा जारी विज्ञप्तिमा चौतारीका सदस्य तथा कान्तिपुर टेलिभिजनका पत्रकार ईन्द्र पौडेलमाथि भएको कुटपिटको निन्दा एवं भत्र्सना गर्दै कुनै पनि घट्नाको समाचार संकलन तथा छाँयाकन गर्न पुगेका पत्रकारलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन तथा दोषीमाथि कार्वाही गर्न सम्वद्ध पक्षसंग माग गरिएको छ । यसैगरी फोटो पत्रकार महासंघकातर्फबाट अध्यक्ष एकराज गिरीले जारी गरेको ज्ञिप्तिमा पत्रकार ईन्द्र पौडेलमाथि प्रहरीले गरेको कुटपिट र पत्रकार महासंघ कास्कीका निर्वतमान उपाध्यक्ष एवं सल्लाहाकार राजबहादुर गुरुंको गाडिमा भएको तोडफोडको निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कार्वाहीको माग गरिएको छ ।
यसैगरी क्रान्तिकारी पत्रकार महासंघ कास्कीको तर्फबाट संयोजक रुद्रबहादुर श्रीस मगरद्वारा जारी विज्ञप्तिमा पत्रकार गुरुङको कारमा तोडफोड गरेको घटना र कान्तिपुर टेलिभिजनका पत्रकार ईन्द्र पौडेलमाथि प्रहरीले कुटपिट गरेको घटनाको विरोध गर्दै स्वतन्त्रपूर्वक समाचार संकलन गर्ने वातावरण बनाउन माग गरिएको छ । यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको तर्फबाट अध्यक्ष हुमबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका सल्लाहकार राजबहादुर गुरुङको कार तोडफोड गरिएकोमा सम्बन्धित निकायले तत्काल क्षति पूर्तिको व्यवस्था गर्न माग गरिएको छ भने कान्तिपुर टेलिभिजनका ईन्द्र पौडेल लगायतका पत्रकारहरु माथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गरी प्रेस स्वतन्त्रताको प्रत्याभूति र सुरक्षाको सुनिश्चितता गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । यसैगरी क्रान्तिकारी पत्रकार संगठन कास्कीको तर्फबाट अध्यक्ष माधव पनेरु र सचिव फणिन्द्र अकिञ्चनद्वारा जारी विज्ञप्तिमा पत्रकार पौडेलमाथि भएको कुटपिट, पत्रकार राजबहादुर गुरुङको गाडीमा भएको तोडफोड र गत शुक्रबार ज्योतिष भविष्यवाणी साप्ताहिकको कार्यालयमा भएको तोडफोडप्रति खेद प्रकट गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र विरोध गर्न पाउने अधिकारको सम्मान गर्न राज्यलाई र जनजीवनलाई असर नपुग्ने गरी विरोध गर्न हामी आन्दोलनकारीलाई आग्रह गरिएको छ ।
यसैगरी युनाइटेड दैनिकका सह–सम्पादक भुपाल गुरुङले पनि विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद प्रकट गरेका छन् । यसैगरी रिपोर्टस क्लव कास्कीको तर्फबाट अध्यक्ष बासुदेव मिश्रले जारी गरेको विज्ञप्तिमा क्लवका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल संयोजक गुरुङको गाडी तोडफोड र कान्तिपुरका पत्रकार पौडेलमाथि भएको कुटपिटप्रति घोर भत्र्सना गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कार्वाही र क्षतिपूर्तिको व्यवस्था गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

Post a Comment

 
Top