नौलो घुम्ती नेपालद्वारा कास्की जिल्लामा सञ्चालित स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन सम्बन्धी परियोजनाको अनुगमन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा समुदायीक विकास कार्यक्रम (एलजिसिडिपि) अन्तर्गत रहेको स्थानीय शासन तथा उत्तरदायी संयन्त्र (एलजीएयफ) को सचिवालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो । नौलो घुम्ती नेपालको मुख्य कार्यालय पोखरा–१७ सीतापाइलामा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका सहसचिव मंगल नेपालीले ग्रहण गरेका थिए । कार्यक्रममा नौलो घुम्ती नेपालकी निमित्त कार्यकारी निर्देशक मना ज्ञवालीले अनुगमन टोलीलाई संस्थाको परिचय दिएका थिए भने परियोजना संयोजक द्रोणचार्य तिमिल्सिनाले परियोजनाका हालसम्मका उपलब्धि, चुनौती र सीकाईहरुका साथै आगामी कार्ययोजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा एलजीएयफ सचिवालयका सदस्य सचिव नरहरि शर्मा भण्डारी सहितको उक्त टोलीमा एलजीएयफका जवाफदेहीता विषेशज्ञ वीरेन्द्र पराजुली, एलजीएयफ पोखरा समन्वय इकाईका सुशासन विज्ञ श्री सुशिल न्यौपाने, एलजीएयफ क्षेत्रीय समन्वय एकाईका सामाजिक सुरक्षा अधिकृत नरेश बुढाथोकी र जिविस कास्कीका जिल्ला सुशासन विज्ञ कृष्णप्रसाद अवस्थी रहेका थिए । कार्यक्रममा परियोजना तथा संस्थाका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment