0
पोखरा ईन्जिनियरिङ्ग कलेज फिर्केबाट सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग विषयमा स्नातक तहको अध्ययन पुरा गरी जान लागेका १३औं व्याचका १३८ जना विद्यार्थीहरुलाई कलेजद्वारा बिदाई गरिएको छ । कार्यक्रम संयोजक ई.कृष्णकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई टिका तथा मायाको चिनो प्रदान गरी विदाई गरिएको थियो ।  राष्ट्र निमार्णमा ईन्जिनियरहरुको भूमिका बारे र कार्यक्षेत्रमा जाँदा अपनाउनुपर्ने सकारात्मक सोच र कामप्रतिको इमान्दारिता र लगन शिलता बारे विद्यार्थीहरुलाई कलेजका प्रमुखहरु ई.याम थापा, ई. सुरज बसन्त तुलाचन, ई. अनुज शेरचन र ई. सरोज गिरीले आफ्ना अनुभव बताएका थिए । कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङ्गले विद्यार्थीहरुको प्रतिष्पर्धा अरुसंग नभै आफैसंग भएको बताए । कार्यक्रमका अध्यक्ष ई. सिग्देलले विद्यार्थीहरुले ४ बर्षसम्म कलेजमा हासिल गरेका ज्ञान र शिपलाई व्यवहारमा लागू गर्दै एउटा सामाजिक ईन्जिनियर बन्न बताए । विद्यार्थी कल्याण परिषदका सदस्य अमृत अधिकारी, विद्यार्थीहरु उज्वल रिमाल र सुमन लामिछानेले कलेजमा विताएका क्षणहरुको अनुभव आदान–प्रदान गरेका थिए ।

Post a Comment

 
Top