0
पदयात्रामा गएका एक विदेशी पर्यटक मृत अवस्थामा फेला परेका छन् । अन्नपूर्ण क्षेत्रको घान्द्रुक नजिकैे टाडापानी र खोप्राबीचको जंगलमा कङगोका नागरिक २२ वर्षिय मान्टुडी एनसिम्बा मृत अवस्थामा फेला परेका हुन् । बाहिरी रुटमा चोटपटक नदेखिएपनि हाई अल्टिच्युडले मृत्यु भएको हुनसक्ने कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिए । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । रजौरेले मृतकको बारेमा सम्बन्धित देशको दूतावासलाई खबर गरेको बताए । टे«ेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल संघले मृतकको शवलाई घटनास्थल बाट जिप रिजर्भ गरेर अस्पतालसम्म ल्याउन सघाएको थियो । मृतकको शव पोखरासम्म ल्याउन मात्र करिब ४० हजार रुपैयाँ खर्च लागेको टानले बताएको छ । टानका अध्यक्ष रामचन्द्र शर्माले मान्टुडीले पर्यटन बोर्डबाट पदयात्री व्यवस्थापन सूचना प्रणालि (टिम्स) कार्ड लिएर पदत्रामा गएको बताए । ‘पर्यटकको ज्यान गएको थाहा पाएपछि हामीले उद्धार गरेर पोखरा ल्याएर अस्पतालमा छाडेका छौं’ शर्माले भने । शर्माका अनुसार घास काट्न जंगल गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Post a Comment

 
Top