0
बिएनएस लेखनाथ–१ भण्डारढिक सैनिकवस्तीको आयोजना तथा आदर्श युवा क्लबको संयोजनमा मङ्गलबारदेखि भण्डारढिकमा प्रथम बि एन एस कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा शिशुवा एफसीले आयोजक बि एन एस स्पोर्टस् क्लब बी लाई ३–२ ले पराजित ग¥यो। शिशुवाको लागि धिरज लामाले दुई तथा लक्ष्मण जिसीले एक गोल गरेका थिए।बि एन एसको लागि सुमन घले र विवेक गुरुङे गोल गरेका थिए । दोस्रो खेलमा ब्रदर एफसीले लेकनाथ क्लबलाई टाइब्रेकरमा ३–२ ले हराया े। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो। निर्धारित समयमा ब्रदरको तर्फबाट सुजन लामा र नवाङ तथा लेखनाथको तर्फबाट नवीन पुन र रोशन लामाले एक–एक गोल गरेका थिए । तेस्रो खेलमा ड्रिम एफसीले समरजोनलाई ४–० ले पाखा लगायो। ड्रिम एफसीको लागि सुनिल विकले प्रतियोगिताकै पहिलो ह्यासिट्रक गरे भने अर्को एक गोेल प्रवीन थापाले गरेका थिए । बुधबार आठ खेल हुने सन्तोष गुरुङले गोल्डेन न्यूजलाई जानकारी दिए ।  यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मुख्य प्रायोजक मनकामना दर्शन प्रालि पोखराका प्रोप्राइटर एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेशकुमार गुरुङले आफ्ना छोराछोरी गलत क्रियाकलापमा लागेका छन् कि छैनन् भनेर ध्यान दिन अभिभावकलाई आग्रह गरे । उनले आदर्श युवा क्लबले बनाउन लागेको खेलमैदानलाई आफूले पनि सक्दो सहयोग गर्ने भन्दै कुलतमा लागेका युवालाई खेलले ठूलो सहयाग पु¥याउने दाबी गरे । उनले गलत क्रियाकलापमा लागेलाई मोटिभेसन गर्नको लागि पनि आफूले लेखनाथमा मन्दिरलगायत अन्य पूर्वाधार बनाउने काममा सहयोग गर्दै आएको बताए । कार्यक्रममा सैनिकवस्ती टोल विकास संस्थाका अध्यक्ष बलबहादुर गुरुङ, मर्की कोरका प्रोग्राम मेनेजर नवीन लामिछाने, आदर्श युवा क्लबका अध्यक्ष विशाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । बि एन ए स्पोर्टस् क्लबका संयोजक अमन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विनोद थापाले स्वागत मन्तव्य राखेका थिए भने सदस्य पदम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टीमलाई नगद ५० हजार तथा उपविजेता टीमलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आदर्श युवा क्लबका सचिव लक्ष्य भण्डारीले जानकारी दिए ।

Post a Comment

 
Top