0
पोखरा र लेखनाथ आसपासका क्षेत्रमा गुन्डागर्दी गर्दै आएको अभियोगमा लक्ष्मण भन्ने धनबहादुर छन्त्याललाई कास्की प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ जिल्ला दमेक गाविस वडा नं १ घर भई हाल लेखनाथ नगरपालिका वडा नं १ सैनिकवस्ती बस्ने छन्त्याललाई सोमबार काठमाडौंमा पक्राउ गरिएको भएपनि उनलाई काठमाडौंबाट गाडीमा ल्याउने क्रममा उनको घरमा राखिएको कटुवा पेस्तोल र दुई राउण्ड गोली पनि प्रहरीले बरामद गरेको जनाएको छ । प्रहरीको निगरानी र सक्रियता बढ्दै गएपछि काठमाडौंमा पक्राउ गरिएका छन्त्याललाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताए । बरामद गरिएको हतियार छन्त्यालले आफ्नै घरको भ¥याङमुनि लुकाई राखिएको अवस्थामा भेटिएको थियो ।
त्यसैगरी कास्की प्रहरीले गुन्डागदीीको अभियोगमा लेखनाथ नगरपालिका वडा नं ३ बस्ने २९ वर्षीय नरेन्द्र थापालाई पनि पक्राउ गरेको छ । थापाले केही नेताको नाम लिएर अपराधिक गतिविधिहरु सञ्चालन गर्दै आएको प्रहरीको दावी छ । गुन्डागर्दीमा संलग्न थापालाई कास्की प्रहरीले सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीले थापालाई लेखनाथ नगरपालिका वडा नं. ३ स्थित बुढीबजारबाट पक्राउ गरेको थियो ।

Post a Comment

 
Top